हरेक बुधबार प्रस्तुत हुने स्तम्भ ‘विचार क्याप्सुल’ विश्वप्रसिद्ध व्यक्तिहरूका उच्च विचारहरू पस्किने हो थलो हो । आज हामीले विश्वप्रसिद्ध कवि तथा नाटककार विलियम शेक्सपियरका केही उच्च विचारहरूपस्किएका छौँ ।
विश्व प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्म २६ अप्रिल सन् १५६४ मा भएको थियो । शेक्सपियर उच्चकोटिको सिर्जनात्मक प्रतिभाको धनी थिएँ । उनको साहित्यिक रचनाले परमानन्द र जीवन जिउने मार्ग प्रशस्त बनाउँछ । उनको सम्मानका लागि सिङ्गो बेलायत मात्र नभई कला साहित्यलाई माया गर्ने हरेकले श्रद्धाले शीर झुकाउँछन् ।
विलियम शेक्सपियरका केही उच्च विचारहरू
नाममा के राखेको छ र ? यदि गुलाफको फूललाई कुनै अर्को नाम दिइएको भए पनि त्यसको सुगन्धमा कुनै फरक पर्थेन ।
***
नर्क खाली छ । सबै पापी यहिँ छन् ।
***
अरुबाट मदतको अपेक्षा राख्नु नै बेविचारको जरा हो ।
***
सानो मैनबत्तीको प्रकाशले पनि धेरै टाढासम्म उज्यालो बनाउन सक्छ, त्यसैगरी यो पापी दुनियाँलाई एउटा मात्र सत्यले पनि केही समयसम्म प्रज्वलित बनाउन सक्छ ।
***
एउटा मूर्ख व्यक्तिले आफूलाई बुद्धिमान सम्झिन्छ तर एउटा बुद्धिमानले आफैँलाई मूर्ख ठान्दछ ।
***
कायरले मृत्युपूर्वनै धेरै चोटि मृत्युवरण गर्दछ तर सहासी व्यक्तिले मृत्युको स्वाद केवल एकपटक मात्र चाख्दछ ।
***
त्यो बेला मैले आफ्नो समयलाई नष्ट गरे । अहिले समयले मलाई नष्ट गर्दैछ ।
***
प्रेमको विषयमा बोल्दा मधुर अवाजमा बोल ।
***
हामी जन्मिदा रुँदै जन्मिन्छौँ किनभने हामी मूर्खको विशाल मञ्चमा आएका छौँ ।
***
विचारबिनाको शब्दले स्वर्गमा पुर्याउन्न ।
***
जे गर्न सक्छौ त्यति मात्र बोल र जे बोल्छौ त्यही गर ।
***
मानिसको जिन्दगीमा असल वा खराब केही हुन्न, हाम्रो सोचले खराब वा असल बनाउँछ ।
***
जब मान्छेको जीवनमा दु:ख आउँछ, एक्लै आउन्न पुरै फौज लिएर आउँछ ।
***
कुनैपनि महान कार्य गर्नुछ भने धेरथोर गल्ती पनि गर्न जरुरी छ ।
***
चन्द्रमाको कसम कहिले नखाऊ, किनभने त्यो जहिले पनि बदलिरहन्छ ।
***
यो संसार एउटा रंगमञ्च जस्तै हो । यहाँ सबै स्त्री-पुरुष कलाकार हुन् । आउनेजाने क्रम चलिरहन्छ । एउटा व्यक्तिले आफ्नो जीवनकालमा अनेक-अनेक चरित्र निभाउन पर्छ ।
***
एक मिनेट ढिलो आउनुभन्दा तीन घण्टा पहिल्यै उपस्थिति जनाउनु राम्रो हो ।
***
एउटा पुरानो उखान छ, जो मलाई पनि लागू हुन्छ, `जुन खेल तिमीले खेलेकै छैनौ, त्यसमा पराजय हुनै सक्दैनौ ।´
***
जसरी चकचके बच्चाहरूको लागि झिङ्गा यस्तो चिज हो, जतिबेला पनि मार्न सक्छन् । त्यसैगरी ईश्वरको मनोरञ्जनको लागि हामी मान्छे पनि कुनै पनि पल मारिन सक्छौँ ।
***
जसरी ठूला माछाले आफ्नो भोक मेटाउन भुरा माछालाई खान्छ्न् । त्यसैगरी ठूला मान्छेले साना मान्छेलाई खाइ रहन्छ्न् ।
***
मेरो भन्नू यति हो, `त्यहाँ अन्धकार होइन अज्ञानता छ ।´
***
मैले तिनीहरूको प्रशंसा गर्छु, जसले मेरो प्रशंसा गर्छन् ।
***
कहिलेकाही त फांसीको सजायले बिवाहबाट बचाउँछ ।
***
ईश्वरले तिमीलाई एउटा अनुहार दिएको छ तर तिमीले आफ्नो फाइदाको लागि मुखौटा बदलिरहन्छौ ।
***
तिमी मलाई प्रेम गर वा घृणा गर । दुबै मेरो पक्षमा हुनेछ । यदि तिमीले मलाई प्रेम गर्यौ भने तिम्रो मनमा बस्नेछु, घृणा गर्यौ भने दिमागमा ।
संकलक: जनक कार्की
प्रतिक्रिया
-
४