-प्रदिप रोदन 

यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ!
जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ!

स-साना रहरले आज तिमी यसरी सकियौ,
सोचेनौँ बोराको चामल बटुकोले सकिन्छ!

लगन गाँठो बाट सुरु हुन्छ कसैकसैको माया,
कसैको माया एउटा सुर्काने गाँठोले सकिन्छ!

बाँचुन्जेल अरुलाई जलाउन मद्दत गर्ने ढुंग्रो,
क्रमशः क्रमश आफू पनि त आगोले सकिन्छ!

नदिऊँ भने आफ्नाहरुको मन नै सकिएला,
दिऊँ विश्वासको पसल उधारोलो सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर