मन्थली : रामेछापमा नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशन आज भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अधिवेशनमा जम्मा १ हजार ७ सय ८४ जना मतदाता रहेकोमा १ हजार ७ सय १३ जनाले मतदान गरेको जनाइएको छ। यसले अधिवेशनप्रति प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता र चासोलाई देखाएको छ।
पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा रामेछापमा देखिएको सक्रियताले नेपाली कांग्रेसभित्र युवा पुस्ताको अग्रसरता र सहभागिता थप सशक्त बन्दै गएको संकेत गरेको छ। जिल्लादेखि केन्द्रसम्म पार्टीको संगठनात्मक गतिविधिमा युवाहरूको सक्रिय उपस्थिति देखिन थालेको छ।
रामेछापको जिल्ला अधिवेशनले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व, सहभागिता र जिम्मेवारीप्रतिको चासोलाई समेत उजागर गरेको देखिन्छ। देशभर नेपाली कांग्रेसमा युवा पंक्तिको बढ्दो अग्रसरतालाई आगामी दिनमा पार्टीको संगठनात्मक गतिविधिको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
राजन खत्री
प्रतिक्रिया
-
४
