रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै रामेछापका युवा नेता सरोज बहादुर कार्कीले बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ।
‘गगनको गतिमै मेरो साथ’ भन्ने नारासहित कार्कीले बागमती प्रदेश महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।
खाँडादेवी गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा चयन हुनुभएका कार्कीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश प्रतिनिधिका रूपमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिक यात्रामा सक्रिय रहनुभएका कार्कीले युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण र पार्टीलाई थप गतिशील बनाउने उद्देश्यसहित आफूलाई प्रदेश प्रतिनिधिका रूपमा प्रस्तुत गर्नुभएको बताउँछन् ।
कार्कीले राजनीतिक यात्रा सँगसँगै आफ्नो व्यवसाय लाइ पनि निरन्तरता दी रहनु भयको छ !
युवा पुस्तामाझ सक्रिय कार्कीले लामो समयदेखि नेपाली कांग्रेसको संगठन र सामाजिक गतिविधिमा आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएको छ। प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित भएमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै युवा आवाजलाई प्रदेश तहसम्म प्रभावकारी रूपमा उठाउने उहाँको प्रतिबद्धता रहेको छ।
राजन खत्री
प्रतिक्रिया
-
४
