रामेछाप – नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै रामेछापका युवा नेता अमृत केसी ‘सफल’ले बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
रामेछापको खाँडादेवी गाउँपालिका–६ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका केसी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका केसीले पार्टीको संगठन निर्माण, सामाजिक गतिविधि तथा युवाको सहभागितालाई प्राथमिकता दिँदै आफ्नो राजनीतिक सक्रियता अघि बढाउँदै आएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश महाधिवेशन प्रतिनिधिका लागि दाबेदारी प्रस्तुत गर्दै केसीले ‘बदलियो कांग्रेस, बलियो कांग्रेसका लागि गगनको गतिमा मेरो साथ’ भन्ने नारासहित आफ्नो अभियान अघि बढाएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीलाई थप गतिशील, सुदृढ र जनमुखी बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता केसीले व्यक्त गरेका छन्। उनको दाबेदारीसँगै रामेछाप कांग्रेसमा युवाको नेतृत्व र सहभागिताको विषय पनि चर्चामा आएको छ।
प्रतिक्रिया
-
४
