– अजित क्षेत्री

नेपाली काङ्ग्रेस १४औँ महाधिवेशनको संघारमा छ । केही प्राविधीक कठीनाईले कार्यतालिका परीमार्जन हुने भए पनि वडा ईकाईदेखि केन्द्रिय समितिको नेतृत्वका लागि आम काङ्ग्रेसजनहरू तम्तयार अवस्थामा रहेका छन् ।

कास्की जिल्लामा पनि विभिन्न तहमा उमेद्वारी सार्वजनिक गर्ने र मतदातासँगको भेटघाटमा कांङ्ग्रेसका तहअनुरुपका कार्यकर्ता ब्यस्त देखिन्छन् । कास्की जिल्ला र यहाँ रहेका तीन वटा निर्वाचन क्षेत्र, एक महानगरपालिका, चार गाउँपालिका र तीनका वडासहित प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको दावेदारी प्रस्तुत भईरहेको छ । क्षेत्रफलको हिसावले देशकै ठूलो पोखरा महानगरपालिका समेत कास्की जिल्लामा रहेकोले पनि काँग्रेस महाधिवेशन र उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।

 

अग्लो कदका, स्पष्ट वक्ता, मिलनसार र बिपक्षिहरुसंग पनि सजिलै घुलमिल हुन सक्ने गंगाधर पोखराका अग्रज पत्रकार समेत हुन् ।

 

भनिन्छ , कोही बाल्यकालदेखि नै नेतृत्वमा रहेर समाज, गाउँ, जिल्ला र केन्द्रिय नेतृत्वमा समेत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिती र प्रभाव देखाउँन सक्षम रहन्छ , त्यो ब्यक्ति जन्मेकै नेतृत्वका लागि हो भन्न प्रशस्त आधारहरु भेटीन्छन् । कुनै बेला आफ्नो एकछत्र राज गरेको नेपाली कांङ्ग्रेस आफ्नो स्थापनाको ६० औ दशकसम्म आईपुग्दा पूर्ववत अवस्थामै फर्काउनुपर्ने दायीत्व र दबाबमा छ । यो बेला १४ औ महाधिवेसन महत्वपूर्ण हुन्छ र पार्टीको विभिन्न समितिको नेतृत्वमा आउनेहरुले पार्टीलाई पुरानै अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पु¥याउन सक्छन । यहि अभियानमा छन् , आफ्नो महत्वपूर्ण समय विद्यार्थी कालिन र शिक्षण कालिन राजनिती र लोकतान्त्रीक आन्दोलन हुँदै अब्वल पत्रकारको रुपमा आफ्नो पहिचान बनाएका गंगाधर पराजुली । त्यसैले हुनुपर्छ, उनी कांङ्रेसको आसन्न १४ औ महाधिवेसनमा पोखरा महानगर समितिको सभापति पदका आकांङ्क्षी बनेका छन् ।

अग्लो कदका, स्पष्ट वक्ता, मिलनसार र बिपक्षिहरुसंग पनि सजिलै घुलमिल हुन सक्ने गंगाधर पोखराका अग्रज पत्रकार समेत हुन् । लामो समयदेखि छापा र बिधुतिय संचारमाध्याममा काम गरेका गंगाधर पोखरा महानगर मात्र नभएर कास्की जिल्ला र आसपासका रेडियो श्रोताको लागि परिचित नाम हो म संचारकर्म होस् या राजनिती या समाजसेवा, उनी कास्किका गाउँगाउं पुगिसकेका छन् । नेपाली काँग्रेसका कार्यकर्ता माझ त नि अझ लोकप्रिय र चर्चित नाम हो । यसर्थ आगामी महाधिबेशनमा महानगरको नेका सभापतिमा उनले बाजि मारे भने आगामी स्थानिय निर्वाचनमा सम्भवत उनी पोखरा महानगरका मेयरका प्रत्यासी बन्न सक्नेछन् जसलाई हराउन प्रतिष्पर्धी उम्मेदबारलाई फलामको च्युरा चपाउनु सरह हुनेछ ।

गंगाधर पराजुली २०२७ सालमा कास्कीको चापाकोट र हाल पोखरा महानगरपालिका वडा नं २३ मा जन्मिएका हुन् । १२ वर्षको उमेरमै आफु अध्ययनरत पञ्चकोशी निमाविमा नेपाल विद्यार्थी संघको स्कुल ईकाई समितिको सचिवमा रही काम गरेका पराजुलीले माध्यामिक तहको पढाई गर्दा पोखरा–५ को बाराहि मा.वि. र क्याम्पस तहको अध्ययन गर्दा पृथ्वीनारायण क्याम्पसमा समेत ने.वि.संघको राजनितीमा सकृय रहे । बाराहि मा.वि. मा अध्ययन गर्दा २०४० साल तिर पोखराको न्यूरोडमा वि.पि. जयन्ती मनाउने क्रममा काँग्रेसका नेताहरुसँगै उनी पहिलो पटक गिरफतारिमा परेको थिए ।विद्यार्थी आन्दोलनमा सक्रिय रहदै गर्दा उनी १९ वर्षको उमेरमै अध्यापनतर्फ लागे । तर पनि प्रजातन्त्रका पक्षमा सदैव लडीरहने गंगा शिक्षण पेशामा हुदा हुदै प्रजातन्त्र र कांङ्ग्रेसका लागि काम गरेको भन्दै जेल समेत बस्नुपरेको थियो । २०४६ सालको जनआन्दोलनमा उनलाई कास्कीको सिद्ध बराह माविमा पढाउदै गरेको अवस्थामा विद्यालय घेराउ गरि पक्राउ गरिएको थियो । झण्डै २ महिनाको जेल जिवन बिताएर बहुदलिय प्रजातन्त्रको घोषणासँगै चैत्र २६ गते राती उनी पनि कारागार मुक्त भएका थिए । त्यसपछि फेरि शिक्षक कै रुपमा पुनर्वहाली भएपछि उनको राजनिती विद्यार्थीको पृष्ठभूमिबाट शिक्षण तर्फ परिवर्तन भयो । यसै क्रममा उनी नेपाल शिक्षक संघ कास्कीको जिल्ला समिति सदस्य र क्षेत्र नं. ३ को संयोजक रहेर शिक्षकहरु विचको राजनितीमा सक्रिय बने ।

प्रजातन्त्रकै लागि काम गनुपर्छ , गाउँ गाउँमा शिक्षाको ज्योती संगै कांङ्ग्रेसका काम गनुपर्छ भन्ने मान्यता बोकेका गंगा २०४९ सालपछि भने पेशागत रुपमा शिक्षण पेशालाई छाडेर पत्रकारिता क्षेत्रमा संलग्न भए । मासीक पारिश्रमिक प्राप्त हुने शिक्षण पेशालाई छोडेर उनले आफनो सोखका रुपमा रहेका पत्रकारिता पेशामा लागेका उनेले गोरखापत्र संस्थान, कान्तिपुर पब्लिकेसन र विभिन्न रेडियो र टेलिभिजनमा स्थापित पत्रकारको रुपमा काम गरे । पत्रकारितामा समेत स्थापित भएपछि उनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन लगायत संस्थामा जिल्ला देखि केन्द्र तह सम्म विभिन्न पदिय जिम्मेवारी लिएर काम गरे । उनले सुरुमा शौखका रुपमा अंगालेको पत्रकारीता पेशालाई पछि सम्म पनि जीबन्त पेशाकै रुपमा अगाल्न पुगे ।

गंगा , उनी जहाँ जुन पेशामा रहन्छन् त्यहाँ प्रजातन्त्र लोकतन्त्रकै पक्षमा हुन्छन् । त्यो कुरा आम पोखरेलीलाई मात्र होईन मुलुकभर उनलाई चिन्ने हजारौ जन लाई अवगत छ । त्यस्तै उनी कुशल संगठक हुन भन्नेमा पनि कसैको दुईमत रहदैन । चाहे बाल्यकालमा नेविसंघमा रहदा होस वा युवा अवस्थामा विद्यार्थी र शिक्षक रहदा होस त्यस समयमा आफुलाई कुशल संगठक भन्ने सिद्ध गराए । पत्रकारीतामा रहेको अवस्थामा पनि उनी लोकतान्त्रीक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनमा रहेर आफ्नो नेतृत्व क्षमतालाई प्रस्फुटन गराउन कुनै कसर बाँकि राखेनन् । युनियन कास्कीको अध्यक्ष, पश्चिमाञ्चल संयोजक हुँदै केन्द्रिय उपाध्यक्षसम्मको तहमा पुगेर काम गरे । त्यसो त गंगा पत्रकारीता बृतमा कुशल संगठकका रुपमा मात्रै चिनिदैनन्, पत्रकारका हरेक संगठनलाई मिलाएर , पत्रकारीताको बिकासका लागि तार्किक विश्लेषण गर्न सक्ने नेताका रुपमा चिनीन्छन् । जसले गर्दा २०६१ सालमा नेपाल पत्रकार महासंघको केन्द्रिय उप सभापति समेत बने । ट्रेड युनियनसँग आवद्ध रहेको प्रेस युनियन साथै पत्रकार महासंघको केन्द्रिय तहमा नेतृत्व गरेका उनको काम गर्ने शैली हेर्नेहो भने पनि एउटा श्रमिक नेताका रुपमा बुझ्न असजिलो छैन ।

 

२०६२÷६३ को आन्दोलनमा सम्पूर्ण पत्रकारहरु पनि सडकमा थिए । त्यतिबेला गंगा पत्रकार महासंघको केन्द्रिय उपसभापति थिए । आम पत्रकारहरुमाथीका दमन, अत्याचारका विषयमा उनी बोल्नु थियो नै संगै लोकतन्त्र र गणतान्त्रका लागि भएको आन्दोलनलाई पनि उचाईमा पु¥याउनु थियो । सोही समयमा उनी काठमाडौ र पोखरामा पटक पटक प्रहरी गिरफ्तारको शिकार बन्न पुगे ।

 

महानगरवासीका एजेण्डा र मुद्धालाई ससक्त ढंगले उजागर गर्ने र समग्र पोखराको विकासका लागि अभियान चलाउन सक्ने नेतृत्व अहिले आवश्यक छ

ग्ांगाको पत्रकारीता विस्तारै दुई दशकमा प्रवेश गर्दै थियो । उनलाई बाल्यकालमा नेविसंघमा काम गरेको , शिक्षक संघमा नेतृत्व गरेको र कांङ्ग्रेस भएकै आधारमा दुईमहिना सम्म गिरफ्तारीमा परेको कुराले घच्घच्याय पछि पार्टीको प्रत्यक्ष राजनीतिमा होमीनुपर्छ भन्ने सोच आयो । त्यस लगत्तै उनी कांङ्ग्रेसको १२ औ महाधिवेशनमा कास्की जिल्लाको सचिव पदमा उम्मेदवार बने । भलै उनले चुनाव जितेनन् , उनी आफना प्रतिस्पर्धि कृष्ण केसीसँग पराजित हुनुप¥यो । उनलाई पराजित गरेका केसी अहिले कास्की काँग्रेसको जिल्ला सभापति रहेका छन् । पार्टीको तेह्रौ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगरेका गंगालाई पार्टीमा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने विषय महत्वपूर्ण लाग्छ ।एउटा नेता नेतृत्वमा मात्रै सफल होईन आम जनमानसमा कुशल संगठक पनि बन्नुपर्छ भन्ने उनको ठम्याई हो ।तदअनुरुप सानो ईकाई नै किन नहोस सफल नेतृत्व दिनुपर्छ भन्ने आशयका साथ अहिले उनी पोखरा महानगरको पार्टी नेतृत्वको दाबेदारी प्रस्तुत गर्दै दौडमा छन् ।

पोखरा महानगर बिशाल छ । पुर्वमा तनहुँको कोत्रे देखि पश्चिममा पर्वत र स्याङ्गजाको पञ्चासे सम्म फैलिएको महानगरमा कांङग्रेसका १४ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेका छन् । प्रत्यक्ष प्रणालीमा हुने निर्वाचन गंगाका लागि कठीन भने पक्कै छ । तर पनि यसअघि जिल्ला सचिवमा रहेको निर्वाचान अनुभव, प्रेस युनियन र पत्रकार महासंघमा देशैभरका मतदातामाझ निर्वाचन लडेको अनुभव साथै आफु नेतृत्वमा हुँदा वा नहुदा युनियन र महासंघको चुनावमा बनाईने रणनितिको सफल हिस्सेदारीतालाई कांङ्ग्रेसको महानगर सभापतिको चुनाबमा प्रयोगमा ल्याउन सक्ने क्षमता नै उनको बलियो आधार हो ।

पार्टीका मतदाता , कार्यकर्ता , भातृ तथा सुभेच्छुक संस्था मात्रै होईन केन्दका शीर्ष नेतासमेतलाई विश्वासमा लिन सक्ने खुबी गंगाको सबल पक्ष हो । नेतृत्व गर्न सक्ने र कार्यकर्ता र नेताबिचको पुल बन्न सक्छ भन्ने विश्वास या परीक्षा विगतमा पार्टीको नेतृत्वले लिईसकेको छ । जहाँ उनी पास भईसकेका छन् । सरकारी संञ्चारमाध्यम राष्ट्रिय समाचार समितिको संचालक रहदा तथा नेपाल सरकार अन्तर्गतको न्युनतम पारीश्रमिक निर्धारण समितिको अध्यक्ष हुदा उनले देशभरीका पत्रकारका हितमा गरेका निर्णय र त्यसको कार्यान्वयन पक्षलाई हेर्दा उनी पार्टी नेतृत्वका लागि पनि सफल हुन्छन भन्ने विश्वास गर्न सकिन्छ । न्युनतम पारीश्रमिक निर्धारण समितिको अध्यक्षको रुपमा काम गर्दा उनलाई के.पि. ओली नेतृत्वको सरकारका कारण धेरै चुनौती खडा भएपनि त्यस्ता चुनौतीलाई उनले सहज ढंगले सामना गरेकोले पनि पार्टीले दिएकोे जिम्मेवारी र आफ्ना कार्यकर्ताको भावनालाई उनले प्रभावकारी ढंगले सम्वोधन गर्न सक्छन भन्ने छाप केन्द्रका नेताहरुमा समेत परेको छ।

यतिबेला पोखरा महानगरपालिकामा कम्युनिष्टको नेतृत्व छ । कम्यूनिष्ट नेतृत्वको महानगरपालिकाले चरम अनियमितता भ्रष्टाचार र ठेक्का पट्टा जस्ता कुराले नगरवासीको विश्वास गुमाउँदै गएको भएपनि नेपाली काँग्रेसले शसक्त आवाज उठाउन र प्रतिरोध गर्न समेत नसकेको महसुस नगरवासीले गरिरहेका छन । यस्तो अवस्थामा महानगरवासीका एजेण्डा र मुद्धालाई ससक्त ढंगले उजागर गर्ने र समग्र पोखराको विकासका लागि अभियान चलाउन सक्ने नेतृत्व अहिले आवश्यक छ । नेपाली काँग्रेसको पोखरा महानगर समितिको नेतृत्व सक्षम भयो भने त्यो आवश्यकता पुरा गर्न र पार्टीको संगठन सुदृढ बनाउन सक्नेमा दुइ मत छैन । मतदाताले पनि कमसेकम यत्तिको ब्यक्ति नेतृत्वमा पुग्यो भने पोखरा महानगरपालिकामा गुमेको कांङ्ग्रेस नेतृत्व फर्काउन सक्छ भन्ने विश्वाससहित मतदान गर्नुपर्ने हुन्छ । गंगामा त्यो ईच्छाशक्ति मात्रै होईन विगतमा उनी कार्यरत संस्थाका ईतिहासले प्रमाणित गरेको छ । उनी भन्छन्–“म कांङ्ग्रेसको महानगर समितिको सभापति बनेपछि एक कार्यकाल पार्टी संगठनलाई तल्लो तहबाट जागरुक, सुदृढ र संगठीत बनाउने अभियानमा लाग्ने छु र आसन्न स्थानिय तह एवं संसदीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन यथेष्ट पहल गर्नेछु । ४ वर्षे कार्यकालमा पार्टी नेतृत्वमै रहेर महानगरको मेयरसहितका जनप्रतिनिधी कांङ्ग्रेसको हातमा ल्याउने नै मेरो अर्जुनदृष्टि हो ।” त्यसका लागि गंगाले आफ्ना केही रणनैतिक योजनाको तयारी गरेको दाबी गर्छन ।

विभिन्न संघ संस्थामा रहदा तथा विभिन्न पेशामा रहदा उत्कृष्ट काम गरेको कारण थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका गंगाले विश्वका अधिकांश विकसित मुलुकको भ्रमण समेत गरेका छन । जीवनको ५ दशक लामो यात्रामा देखेका जानेका र भोगेका रचनात्मक कुरालाई पार्टीलाई नेतृत्व लिएर कार्यान्वयन गर्ने उनको सोचाइ छ । यसका लागि उनले केहि महिना अगाडीकाट चुनावी रणनिती सँगै योजना समेत अगाडी सारेका छन । यस विचमा उनले वडा र महानगर स्तरका मात्र नभएर र जिल्ला र केन्द्र तहका नेताहरुसँग भेटघाट र परामर्श गरि आफनो चुनावी अभियानलाई सार्थक पार्न प्रयासरत देखिएका छन ।

पार्टिमा स्थानिय तहदेखी केन्द्रसम्म उनको राम्रो पकड छ । पार्टी सभापती शेरबहादुर देउबादेखि, बरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, प्रकाशमान श्रेष्ठ, गोपालमाण, गगन थापा सम्म उनको राम्रो सम्पर्क छ । यसले उनलाई पार्टिको स्थानिय राजनितिदेखी केन्द्रसम्म पुग्ने बाटो फराकिलो बनाईदिएको नेपाली काँग्रेस पोखराका एक कार्यकर्ता बताँछन् । पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष हुँदा उनले आफ्नो छबिलाई अझ उजिल्याउने काम गरे । जसले गर्दा उनिप्रती पार्टिका नेताहरु पनि बिश्वस्त हुन सक्दछन् ।

सर्वसाधारण र पार्टी पङ्तीमा राम्रो छवि बनाएका बिबादरहित युवा नेतालाई नेपाली काँग्रेसले महानगरको नेतृत्व दियो भने यसको प्रभाव आगामी स्थानिय र संसदिय निर्वाचन पर्मा शंका छैन । कास्की काँग्रेसमा नयाँ र आकर्षक चेहराको खडेरी परेको बेला अंगाधर नै युबा पंत्तिमा आशालाग्दो व्हेहरा भएर प्रस्तुत भएका छन् । सामाजिक संजालमा उनका प्रशंसक र पार्टिका कार्यकर्ताले स्वस्फुर्त रुपमै उनको पक्षमा लबिङ सुरु गरेका छन् । यसरी हेर्दा पोखरा महानगरको पार्टी नेतृत्व युबा नेता गंगाधर पराजुलीको काँधमा जाने अत्यधिक सम्भावना देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर