सउल – ठकुरी समाज दक्षिण कोरियाको सातौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले अशोक खाँण ठकुरीको अध्क्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

दक्षिण कोरियाको सियोलमा सम्पन्न अधिबेशनको सभापतित्व निबर्तमान अध्यक्ष प्रकाश सिंह ठकुरीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी सियोलका प्रतिष्ठित ब्यवसायी छानु चन्द हुनुहुन्थ्यो । नयाँ कार्यसमितिको कार्यकाल एक बर्षको हुनेछ ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुशील खाँण र उपाध्यक्षहरुमा बिन्दु शाह र हस्त शाही हुनुहुन्छ । महासचिबमा सुनिल चन्द, सचिबमा मोहन सेन ठकुरी र कोषाध्यक्षमा डम्बर चन्द निर्बाचित हुनुभएको छ । यस्तै कार्यसमितिको सदस्यहरुमा बास्ना शाही, निरु शाही, कृश शाही, भोजबहादुर चन्द, शंकर खाँण, आशिष् शाह ठकुरी र कृष्ण शाही निर्बाचित हुनुभएको छ । अधिबेशनमा निर्वाचन प्रयोजनका लागि निर्वाचन कमिटी गठन गरिएको थियो । निर्वाचन कमिटीको संयोजक सुन्दर सिंह हुनुहुन्थ्यो भने सदस्यहरुमा राजेन्द्र हमाल, कमल शाही र मिलन सिंह हुनुहुन्थ्यो ।

नब निर्वाचित अध्यक्ष अशोक खाँण स्याङ्जाको ज्याग्दिखोलामा जन्मेर पोखरामा स्थाई बसोबास गर्नुहुन्छ भने एक दशक भन्दा बढी समयदेखी दक्षीण कोरियामा कार्यरत हुनुहुन्छ ।

अधिबेशन राजधानी सियोल शहरको छोङ्गाकस्थित शिला रेस्टुरेन्टको सभाहलमा सम्पन भएको हो । सन् २०१३ मा स्थापित ठकुरी समाज दक्षिण कोरियाले कोरिया र नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर