-अजित क्षेत्री

अफगानिस्तानमा आतंकबादी/बिस्तारबादी अमेरिका नेतृत्वको नेटो फौज र त्यसले उभ्याएको बिदेशी दलाल सरकारलाई परास्त गरेर त्यहाँका वास्तविक जनताले काबुलमा बिजयको झण्डा फहराएका छन् तर नेपालका कथित बुद्धिजिबी, लेखक, कविहरूले अमेरिकी/भारतिय प्रोपोगाण्डा र नेपाली भाडाका पत्रकारभन्दा चार कदम अगाडि बढेर तालिबानको बिजयलाई आतंकबादको बिजयको रुपमा व्याख्या गर्दै लेखिरहँदा मलाई उनीहरूको बौद्धिक दरिद्रता र ज्ञान शुन्यतामाथि टिठ लाग्यो ।

सन् २०१४ तिर एउटा युवा बिवाहका लागि बारात लिएर दुलही लिन जाँदै थियो । बृद्ध बाबुआमाको एक्लो छोरोको बिबाह धुमधामसंग हुँदै थियो । अकस्मात आकासबाट अमेरिकी सेनाले आक्रमण गरेर डेढ सय भन्दा बढिको एक चिहान बनाईदियो । अफगानिस्तानको घटना ।

बिद्यालयमा पठनपाठन चलिरहेको थियो अमेरिकी सेनाले बमबारी गर्‍यो बच्चा सहित दर्जनौं मारिए । अफगानिस्तान घटना ।

शुक्रवारको नमाज पढिरहेका सयौंको भिडमा एक्कासी आकाशबाट बमबारी भयो सयौं हताहत भए । अफगानिस्तान घटना ।

ओसामा बिन लादेन लुकेको छ भनी युद्ध छेडियो तर अमेरिकाकै सहयोगी देश पाकिस्तानमा लादेन भेटियो/मारियो ।

गाउँगाउँ  र शहरमा अमेरिकी फौजले परेड खेलिरह्यो त्यहाँका नागरिक अनागरिक जस्तै बिदेशी फौजको अनुमति र इशारामा बाँच्नुपर्ने नियती झेलिरहे ।

यी र यस्ता तमाम कारण छन् युद्धमा २० बर्षपछि तालिबानको जीत हुनुमा । आफ्नो  देशमा कस्तो शासन ब्यवस्था ल्याउने भन्ने उनीहरुको अधिकारको कुरा हो, अमेरिकाको ठेक्का होइन ।  बलात्कारीलाई ज्यान सजायँ दिनु के गलत हो? परस्त्री गमन रोक्न कठोर सजायँ दिनु गलत हो? चोरको हात काट्दिनु के गलत हो? भ्रस्टाचारीलाई जेलको हावा खुवाउनु के गलत हो? हुनसक्छन् उनिहरुको नजरमा सहि लागेका थुप्रै कानुन र ब्यवहार हामीलाई गलत लाग्ला तर त्यो उनिहरुलाई स्विकार्य छ भने हामीलाई के ?

यदि तालिबानीहरु जनताको पक्षमा थिएनन् भने लाखौं मारिंदा पनि उत्ति नै तालिबान कसरी जन्मिराखेका छन् ? शक्तिशाली र सुबिधा सम्पन्न नाटो र अमेरिकी सैनिकलाई धुलो चटाउन तालिबानले यति धेरै हतियार कहाँ र कसरी बनाए ? त्यो रण कौशल, त्यो आर्थिक श्रोत, त्यो जनशक्ति कहाँबाट आयो ? कुन मृगतृष्णाले उनीहरु आगोमा हाम फाले ? यो तथ्यको विश्लेषण गर्नु पर्छ कि पर्दैन ? हामीलाई एउटा जयसिह धामी तुईनबाट खसेर महाकालिमा बग्दा भारतमाथी यत्रो आक्रोश छ भने २० औं बर्षदेखी अमेरिकाको दमन, शोषण, बलात्कार, उत्पिडन र मृत्यु भोगेर जन्मे हुर्केको अफगान नागरिक कठोर शाषक सहि, उसलाई स्विकारेर अमेरिकी बिरुद्ध लाग्छ कि लाग्दैन ? हामीकहाँ १७ हजार मान्छे मारिँदा माओबादिलाई आतंककारी भनियो अफगानिस्तानमा मार्ने अमेरिका आतंकबादी कि मारिने अफगान नागरिक या प्रतिरोध गर्ने अफगानी बिद्रोही आतंकबादी ?

मैले लामो समय प्रबासमा बस्दा दर्जनौं अफगानिसंग संगत गरें, ति मध्ये तालिबान र अन्य साना मिलिसियामा बिगतमा काम गरेको अनुभव सुनाउने युवा पनि संयोगले भेटिएका थिए । उनीहरुमा आफ्नो देशको माया कति हो कति छ । आफ्नो देशका खेलाडिको खेल हेर्न उनिहरु हजारौंको टिकट काटेर रंगशाला पुग्छन् । नम्रता, सादगी, अनुशासन र असाध्यै सोझा अफगानीहरु पाहुनालाई सम्मान सत्कार गर्न संसारमै अब्बल छन्।

अहिले सत्ताच्युत भएका अफगान रास्ट्रपति असरफ घानी अमेरिकामा हुर्केर उतै पढेका र नोकरी गरेका ब्यक्ती थिए, उनले अमेरिकी नागरिकता त्यागेर अफगान रास्ट्रपती बनेका थिए, उनको शासनमा देशमा भ्रस्टाचार उच्च बिन्दुमा थियो त्यसैले उनकै नेतृत्वको सैनिकले पनि उनलाई साथ नदिएर देशभक्त तालिबानलाई साथ दिए, फलस्वरुप देशका ठुला शहर र राजधानी र  सैनिक मुख्यालय समेत रक्तपात बिना नै अफगान सैनिकले तालिबानलाई हस्तान्तरण गरि आत्मसमर्पण गर्‍यो । त्यसअघि जति पनि भिडन्त भए ती अमेरिकी नेतृत्वका सैनिकसंग भयो ।

कुनै देशमा सरकारी सेना भन्दा बिद्रोही सेना तीन गुणा बढी हुन्छन् भने तपाईं नै मुल्यांकन गर्नुस् त्यो देशका जनताले पुरानै राज्य प्रशाशन चाहेको रहेछ या बिद्रोहबाट सत्ता/ब्यवस्था परिवर्तन ।

तालिबान गलत हुन्थे र जनसमर्थन प्राप्त हुन्थेन भने उनीहरु कसरी यति शक्तिशाली हुन्थे ? उनीहरुसंग किन भारत, पाकिस्तान, चीन र ईरान जस्ता शक्तिशाली मुलुक पनि किन डराउँथे र सहकार्यको हात बढाउँथे ?

अहिले अफगानिस्तानबाट पलायन भएर दिल्ली आएका कसैले पनि अफगानिस्तानमा तालिबानले ज्याजती गरेको, कुटेको, मारेको बयान दिएका छैनन् उनिहरु त त्यहाँ भिडन्तको चपेटामा परिने र आफ्नो स्वतन्त्रता खोसिने डर अनि तालिबानको कठोर शासनको भयले भागेका हुन् ।

यस्ता गहन बिषयमा नेपालमा चर्चा र बहस किन हुँदैन ? किन नेपाली बुद्धिजिबी बिदेशि चश्माबाट मात्र किन हेर्छ्न् ?  किन खुल्ला आँखाले छिमेकमा भएको घटनालाई हेर्न सक्दैनन् ? सार्क मुलुकको अध्यक्ष रहेको नेपालले सार्क सदस्य मुलुकमा भएको यो घटनामा आँखा चिम्लेर निरपेक्ष भै बस्न मिल्छ ? चीन, रसिया, पाकिस्तान, कतार, युएई र इरानले साथ दिएको अवस्थामा नेपालका मिडियाहरुले अफगानिस्तानमा आतंकको बिजय भन्दै समाचार लेख्दा भोलि तालिबान नेतृत्वको सरकारसंग नेपालको सम्बन्ध सुमधुर बन्न सक्ला ? यसबारेमा बुद्धिजीवीले सरकार र मिडियालाई सचेत गराउने कि कागको पछि दौडने हँ ?

प्रतिक्रिया

सम्बन्धित खवर