– किरण अन्जान
गरिबलाई अमूल्य गाँस-गाँसको सिता रैछ,
धनीलाई सोझासाझाको रगत नै सच्चा मिता रैछ
लुटेर महल ठड्याउने करोडपति होऊ या मगन्ते,
खरानी बन्ने अन्तिम बिसौनी त उहीँ त्यो चिता रैछ
२,
यहाँ कुकर्म लुकाउन कति सम्मको भला भएका छन्,
सङ्कटमा परेका सोझा जनता केबल थला भएका छन्,
यहाँ गफ मात्र गर्छन् राष्ट्रवादको, भित्रभित्रै लिलाम चल्छ
वहाँ !देश बेच्ने दाउपेच पनि अचम्मका कला भएका छन् ।
३,
काँडैकाँडा छन् यहाँ, हरियाली कतै छैन
खलखल पसिना बग्छ यो, शिरमा छतै छैन
जहाँतहीँ उजाड अनि उराठ लाग्दो छ मित्र,
फूल त फुलेकाछन् तर सुगन्धको पतै छैन।
४,
सङ्लो पानी दिन्छु भन्दा, ऊ धमिलो रोज्छु भन्छ,
ओँठको प्यास मेट्नलाई, ऊ अमिलो रोज्छु भन्छ
संस्कार र सभ्यता त सती गइसकेछ क्यारे
यहाँ युवा पुस्ता नै, बोतल रसिलो रोज्छु भन्छ ।
५,
मलाई त धर्मगुरु भन्नु नै समाजको छुलिया लाग्छ
हामी जनता चाहिँ बेदनामा पौडिएको हुलिया लाग्छ
यो मलाई मात्र लाग्दो हो कि तपाईलाई पनि मित्र
अनि नेता भन्ने बितिकै एक नम्बरको मुलिया लाग्छ ।
***
प्रतिक्रिया
-
४
