– भूमिका गैरे तिमिल्सिना

“बजारमा किन्न पाइन्छ र ?”विकलले अन्जान स्वरमा सोध्यो

उसको आवाज गह्रौं थियो । अनुहार थकित देखिन्थ्यो, उसको मुहार पढ्ने कोसिस गरेँ । केही पिडा दबिएको जस्तो लाग्यो र ठ्टयाउलो पाराले सोधे, ” के किन्न पाइन्छ भनेको ?”

उसले परिवेश नियाल्दै बोल्यो । विश्वासका कुरा गर्यो, “मान्छे पहिलाका जस्ता सरल छैनन् अचेल, किन हो ? बोली अनि व्यवहारमा पार्थक्य छ, बाहिरी आवरण अनि भित्री रूप !”

म अचम्मित भएँ, प्रसङ्ग कोट्याउँन खोजेँ । उसको विश्वास गुमेको महसुस गरेँ अनि लामो सास लिदैँ सोधेँ, “के भयो ?”

उसले सुस्केरा हाँल्दै भन्यो, रामशरणलाई औँल्यायो र बोल्यो, “समाजमा जल्दाबल्दा देखिन्थे,उनैको समर्थन गरेर हिडियो तर आँफूलाई पर्दा आज टाउको लुकाए । चिल्ला मुखको धमिलो पेट भन्थे हो रहेछ ।” उसले खिन्नता जनायो

“के गरे ?” मैले उत्सुकता देखाएर सोधेँ ।

“प्रशासनिक कामले गएको थिए, बाहिर निकैबेर कुरे । पालो आयो भनेर भित्र के पसेको थिए । उनी पछिपछि भन्दै देखेर नि नदेखे झैँ गरी निस्किए त ? त्यति सानो सही गर्ने कामलाई दुई दिन भो हल्लिएको ।” उसले दिकदारी व्यक्त गर्यो ।

उसले फेरि विस्मित स्वरमा गुनगुनायो, “मुखौटोको कला पनि अचम्मको रछ, पहिरिन जाने बादसाह नजाने कौडी हगि !” उसका कुराले म अवाक् भएँ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर