
अर्नेस्तो च्वे ग्वेभारा (जन्मः १४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टिनाका माक्र्सवादी क्रान्तिकारी थिए जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल च्वे अथवा केवल च्वे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बनेको थियो। १४ जुन उनको जन्मजयन्तीको स्मृतिमा उनका केही क्रान्तिकारी अनमोल विचारहरू प्रस्तुत गरेका छौँ ।
– घुँडा टेकेर जिउनभन्दा उभिएर मर्न रुचाउँछु ।
– यदि तिमी अन्यायलाई देखेर क्रोधित हुन्छौ भने तिमी मेरो कमरेड हौ ।
– हरेक असल क्रान्तिकारी बास्तवमा गहन प्रेमको भावनाद्वारा सञ्चालित हुन्छन् ।
– ‘के तिमीले आफ्नो अमरताको बारेका सोचिरहेको हो ?’ (हत्याको केही मिनेट पहिले बोलिवियन सैनिकले च्वे ग्वेरालाई सोधे) ‘होइन मैले क्रान्तिको अमरताको बारेमा सोचिरहेको छु।’ च्वे ग्वेभाराले जवाफ दिए ।
– यदि तिम्रो मार्गमा बाधा छैन भने त्यो बाटो कहि जाँदैन ।
– जो मृत्युसँग डराउँदैन उसको लागि कुनै कुरा असम्भव हुँदैन ।
– तिमीले मलाई मार्न सक्छौ मेरो विचारलाई सक्दैनौँ।
– मान्छेले हरेक दिन कपाल सिधा बनाउँछ तर मन किन बनाउदैन !
– यथार्थवादी बन, असम्भवको माग गर ।
– एउटा क्रान्तिकारीको पहिलो काम शिक्षित हुनु हो ।
प्रतिक्रिया
-
४
-
१०