हारुकी मुराकामी (१९४९) जापानी उपन्यासकार, कथाकार, निवन्धकार तथा अनुवादक हुन् । उनका सिर्जनाहरू ५० भन्दा बढी भाषामा अनुवाद भई लाखौं कपि बिक्री भएको रेकर्ड छ । उनले विश्वका प्रशिद्ध अवार्ड प्राप्त गरेका छन् । उनी जापान मात्र नभई विश्वमा प्रशिद्ध छन् । आज उनकै कृतिबाट केही अनमोल वाणीहरूलाई यहाँ प्रस्तुत गरेका छौँ

***

यदि तिमीलाई म याद छु भने दुनियाँले मलाई बिर्सेर फरक पर्दैन ।

***

मृत्यु जीवनको विलोम होइन, जिन्दगीकै एउटा हिस्सा हो ।

***

एक्लोपन त्यो तेजाब हो जसले तिम्रो जिन्दगी नष्ट गराइदिन्छ ।

***

यदि तिमीले त्यही किताब पढिरहेका छौ जुन अरुले पढिरहेका छन् भने तिमीले उनीहरूले भन्दा फरक सोच्न सक्दैनौ ।

***

दुःख अनिवार्य  र पीडा वैकल्पिक हुन्छ ।

***

केही यादलाई तिमीले जतिसुकै पीडा सहेर भए पनि बिर्सन चाहन्नौ ।

***

मौनतालाई मैले बुझेको छु, यसलाई पक्कै सुन्न सकिन्छ ।

***

यस्तो कुनै युद्ध छैन जसले सबै युद्धलाई समाप्त पार्न सकोस् ।

***

मूर्खतापूर्ण कुरालाई गम्भिर रूपमा लिनु समयको नष्ट गर्नु हो ।

***

म कुनै पनि पीडा सहन सक्छु यदि त्यसको अर्थ छ भने मात्र ।

***

विद्यालयमा हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा यो सिक्छौँ कि विद्यालयमा महत्त्वपूर्ण कुरा सिकाइन्न ।

***

दुई व्यक्ति एउटै बिस्तारामा सुतेर पनि एक्लो हुनसक्छ्न्, यदि आँखा बन्द गर्ने हो भने ।

***

तिमी जे कुराको अपेक्षा राख्छौ, तिमीलाई अपेक्षा अनुरुप मिल्दैन ।
सङ्कलक : जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर