– शिवप्रसाद काफ्ले

बा  ! हामीले न्याय कहिले पाउछौ ? हामी मुद्दा लड्दा लड्दै सडकमा आउन लागिसक्यौ । यही पिरले आमा थला पर्नु भो । बाजे बज्यै आफैलाइ धिक्कार्दै खस्नुभो । बा ! हामिले न्याय कहिले पाउछौ ? यस्ता अनगिन्ती छोरिको प्रश्नलाइ झेल्न राम प्रसादलाई सकस भै रहेको थियो । उसले जति सम्झाउदा नि छोरिले यिनै प्रश्न पटक पटक सोधिरहेकी थिई । राम प्रसादले छोरीलाई अनेक वहाना गर्दै पन्छाउन खोजिरहेको थियो किनकी उसले आफुले आफैलाइ यो प्रश्न सोध्न लागेको वर्सौ भैसकेको थियो । न्याय पाउने आशामा धेरैले आफ्नो चोला गुमाएको उसले आफैले देखेको भोगेको थियो ।

तर छोरिको जिद्दिको अगाडि उसको केही लागेन र भन्यो ” भ्रस्टाचारिले न्याय पाउदैछन छोरी , हत्या अभियुक्तहरु सफाइ पाउदैछन , ठुलावडाहरु निर्दोष सावित हुदैछन , वलात्कारिहरु खुलेआम हिड्न पाइराखेकाछन त्यसैले  चिन्ता नगर छोरी यी सवैको पालो सकिएपछी एकदिन हाम्रो पनि पालो आउला न्याय मरेको छैन देखिनौ ?”

***

प्रतिक्रिया

सम्बन्धित खवर