-शिवप्रसाद काफ्ले
म आत्तिन्न
म कैले आत्तिन्न
लाग्छ,
गोजीमा जाबो प्वाल न परेको हो
जसले मलाई
आफ्नो पराइ चिन्न मद्दत गर्छ
संघर्षमा खारिएर अघि वढ्ने प्रेरणा दिन्छ
जीवनमा मात्तिएर हिड्नबाट जोगाउँछ
म किन चिन्ता लिउँ ?
म किन निराश बनुँ ?
म मेरो आत्मवल किन कमजोर पारुँ ?
जाबो त्यो प्वाल त टाल्न सकिन्छ
त्यही प्वालबाट
आमाको ममता बुझ्न सकिन्छ
बुबाको जिम्मेवारी र हौसला बुझ्न सकिन्छ
श्रीमतीको आँखा पढ्न्न सकिन्छ
छोराछोरीको भविस्य देख्न सकिन्छ
समाजको संरचना बुझ्न सकिन्छ
गोजीमा प्वाल पर्दा मलाइ खुशी लाग्छ
गोजीमा परेको प्वालले
अवसरको बाटो खोज्न प्रेरणा मिल्छ
असल मान्छे सङ्गको संगतमा पुर्याउँछ
त्यसैले
म चाहन्छु
हरेक मान्छेको गोजीमा प्वाल परोस्
जसले हिनताबोध होइन
जीवन जिउन उत्प्रेरणा मिलोस्
***
प्रतिक्रिया
-
४