-शिवप्रसाद काफ्ले
१
भएको बिगार्ने लहर एकतर्फ
सपार्ने छ सिङ्गो शहर एकतर्फ
गुलामी नगर्ने ? शहरमा बसेर
भनेरै पिलाए जहर एकतर्फ
लगाएछु गहना महङ्गो भनेरै
फसाए बुझेरै रहर एकतर्फ
रमायौ मलाई जलन हुन्छ भन्दा
बगायौ पिडाको नहर एकतर्फ
सुनाएर मेरा कथा मौन बस्दा
न बाँच्ने न मर्ने कहर एकतर्फ
२,
आज रोएँ म धेरै गाउँ सम्झेर
भोक निन्द्रा गयो आँफै हराएर
सम्झना आयो केटाकेटी बेलाको
आँसु मात्रै लुकाएँ पीर बिर्सेर
घेर्न जानेहरू धेरै थिए साहु
लाजले बस्न गार्हो गाउँमा हेर
के छ ? भन्ने हराए दु:ख पीडामा
मर्न वाध्य भएँ घाँटी समातेर
***
प्रतिक्रिया
-
४