शिवप्रसाद काफ्ले


हेर्दै जाउ यो समाज म कसरी सजाइदिन्छु
झुटो के हो सत्य के हो सवैलाइ वुझाइदिन्छु
अरे सत्ता भनेसी किन मरिहत्ते गर्छौ यार
चुनौती भो देउ एक्दिन राम्ररी देश चलाइदिन्छु ।

कसैकोमा टपरी छैन कसैकोमा सुनको थाल
कसैकोमा खान छैन कसैकोमा छ फालाफाल
कोहिको दिन मस्तिमा वित्छ कोहिको भरियामा
श्रम गर्ने श्रमिक मालिक चाहिँ हुने मालामाल ।

उनीहरुसँग मेरो पानी बाराबार थियो
दिनहुजसो एकार्कामा मारामार थियो
मैले त केवल मृत्युको खवर देको थिए
अनि हल्ला भो मान्छे इमानदार थियो ।

गर्व गर्छन बाबू आमालाइ बृद्दाश्रम पठाएर
वर्षमा एकदिन पशुपतिमा खाना खुवाएर
विचरा सधै तरुण हुन्छु सोछ मूर्ख सन्तान
आवरणमा आधुनिकताको विल्ला लगाएर ।

पेट भर्न नसके त्यो नाम के काम
चिठिपत्र नै नभए त्यो खाम के काम
आवश्यक पर्दा सहयोग छैन भने
मान्छेको जमात मात्र गाम के काम ।

***

प्रतिक्रिया

सम्बन्धित खवर