– सुरेशकुमार पाण्डे

” राधे बिहानै कहाँ जान हिंडेको ? “-विनयले सोध्यो।
” दाई सँगै भारत जानथालेको छु म पनि “-राधेले भन्यो।
” अनि यहाँ कुनचाहिं दाई हुनुहुन्छ ? “- सेता कपडा लगाएको अर्धबैंशे एकजना अपरिचितलाई सँगै देख्यो र सोध्यो।
” माथ्ला घरे नुरी बोईलाई चिन्नुहुन्छनी हजुरले ?”
” किन नचिन्ने बिचरी जीवनभरी दुःख गर्नुभयो ।अन्तिममा प्राण पनि अभावमै गयो।उहाँको दुःखको कथाले मलाई सधैँ भावुक बनाउँ छ।”- विनयले राधेको कुरा बिचमै काट्यो र नुरीको बिगत कोट्याउन खोज्यो।
” हो उँहाको साईँलो छोरा भारतमा बस्नुहुन्छ उतै विवाह गरेको बालबालिका सबै उतै बस्छन्।दाई आमाको काज कृया गर्न पाल्नु भएको थियो।
जेठा सानै देखि कता हराउनुभयो थाहा नै छैन् । माईला पनि भारतमै रहनुहुन्छ तर उहाँको छुट्टी मिलेनछ आउन सक्नुभएन। अलिपछि एकपटक घुम्नेगरी आउनेअरे। कान्छालाई आमाले जापान पढ्न पठाएकी हुन उनिपनि उतै छन्। यहाँको नाम चोपलाल हो। मैले नै फोन गरेर बोलाएको थिएँ । तर परदेशी जीवन यस्तै त हो नि समयमा आमाको जीउँदो मुख हेर्न पाउनुभएन।अन्तिममा मृत्युप्रान्त मुख देख्नुभयो।”- राधेले केही सुधार्दै चोपलालको पक्षमा बिवरण बतायो।

” अनि अहिले भारतमा किन जाने ?”- विनयले निदार चाउरी पार्दै सोधे।
” आमाको अश्तुलिएर जाने गयामा बगाईदिन उहाँको जीवीत छँदा गया जाने ठुलो धोको थियो ।जीवित त जानसक्नु भएन अहिले मृत्यप्रान्त भएपनि गयामा बगाईदिने विचारले जाँदैछम्।”- राधेलेअसली कुरा बतायो।
” ए.ए अनि दु:ख कतिसम्म बोक्छौ त भाई पैंतालिस दिन् ?”- विनयले चोपलाललाई सोध्यो।
” वर्षदिन नबोक्दा मानिसले के भन्लान् ? मत आमालाई धेरै मायाँ गर्छु पुरै वर्षसम्म दु:ख बोक्छु।”- चोपलालले बतायो।
” जीउँदो सेवा गर्न नसकेपनि मृत्युप्रान्त त ओपचारिकता पुरा गर्नैपर्यो। “- विनयले सुस्तरी भन्यो।

***

प्रतिक्रिया

सम्बन्धित खवर