– अंकिता कोइराला

साँघुरो पाइलाले अनिश्चितताको विस्मयकारी मार्ग अघि बढ्यो
विचारका जटिल बादलले हृदयको आकाश ढाक्दै भिडाए
संभावनाका दुर्लभ प्रतिबिम्बहरूले आत्मालाई घेरिरहँदा विलुप्त भए
सम्भावनाका मार्गचित्र शून्यताका कुहिरोमा गहिरो हराइरहे

विविध विकल्पका द्वारहरूले चेतनालाई चुनौतीपूर्ण परिधिमा घेरे
संकट र आशाको संगममा आत्मा झल्किँदै अनुग्रसित भयो
सपनाका ध्वंसमान पुलहरू चुनौतीसँग भिडिरहँदा विनाशकारी भए
निर्णयको भारले मनको तराजु झुकिरहेको असंयमित भयो

अभिलाषा र भयको द्वन्द्वले भित्री शान्ति भाँच्दै छायाएँ खेद्दा
स्मृतिका प्राचीन पाटाहरू भविष्यसँग निर्णायक संघर्षमा भिड्दा
समयको प्रवाहले जीवनका नश्वर पथचित्र संवेदनशील समेट्दै
कठोर प्रतिमाहरू चेतनामा गहिरो रूपमा प्रकट हुँदै उर्लिरहे

शून्यतामा आत्माको अवशेष झिलिमिली झल्किँदै दीप्तिमान भयो
सत्य र भ्रमबीच सन्तुलन खोज्दै आत्मा दृढतापूर्वक अघि बढ्यो
अन्धकारमा पनि विश्वासको दिव्य ज्योति चम्किरहेको निरन्तर छ
अनिश्चयको गहिराइमा यात्रा जीवनका गहन रहस्य उद्घाटित गर्दैछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर