सउल दक्षिण कोरिया – नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम २०२६ अप्रिल १२ (२०८२ चैत अन्तिम) का दिन भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्री निर्दोष शिवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष श्री रामकाजी कोने प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न पदाधिकारी, संरक्षक, सल्लाहकार तथा सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित व्यक्तिहरूमा श्री रामकाजी कोने, श्री निर्दोष शिव, श्री रामचन्द्र शर्मा, श्री विदुर शर्मा, श्री विष्णु वाग्ले, श्री जीवन खत्री, श्री ह्यारी वोण्ड, श्री दिपक, श्री जीवन भण्डारी, श्री आर पि सि संगम, श्री दुर्गा तिवारी, श्री रुद्र कँणेल, श्री राजेश सुबेदी, श्री रुशन सुबेदी र श्री किरण गितार सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो।

खुला सत्रअन्तर्गत, अध्यक्षद्वारा आसनग्रहणसँगै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो भने प्रमुख अतिथि श्री रामकाजी कोनेले कार्यक्रम उद्घाटन गर्नुभएको थियो। त्यसपछि अतिथि, संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूले नववर्ष २०८३ सालको शुभकामना व्यक्त गर्दै आफ्ना रचना वाचन गर्नुभएको थियो। साथै महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।

बन्दसत्रअन्तर्गत, कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसलाई सभाले पारित गरेको थियो। साथै वार्षिक प्रगति प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित गरिएको थियो।

त्यसैगरी, विधान सत्रअन्तर्गत, विधान संशोधन समितिद्वारा प्रस्तुत संशोधित विधानमाथि विस्तृत छलफल गरिएको थियो। संशोधन समितिका संयोजक श्री रामचन्द्र शर्माको अनुमतिमा समितिका सदस्य श्री दिपकले संशोधित विधानका सबै परिच्छेद, दफा तथा अनुसूचीहरू पढेर सुनाउनुभएको थियो। सभामा उपस्थित गणपूरक संख्याले उक्त संशोधित विधानलाई पारित गर्दै कार्यसमितिलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै सहभागीहरूले संस्थाको आगामी गतिविधिहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर