✍️ शिव प्रसाद काफ्ले

 

अहो ! अब त केहि दिन आनन्द हुने भो । मनमनै कुरा खेलाउदै खुशी हुँदै सिमसिम पानीमा चारैतिर अलि अलि तिरनतारन गरेर हातमा दुइटा चाउचाउको प्याकेट बोकेर वचेको ५ रुपियाको चुरोट किनेर धुवा उडाउदै धन बहादुर घरतर्फ लाग्यो । यही चाउचाउमा झोल हालेर पिरो पिरो बनाएर खानुपर्छ ।

छोराछोरी नि कति खुशी होलान ? मनमनै सोच्यो । घर पुगेर धारामा हात मुख धोएर बुढीलाई बोलाउदै भित्र पस्यो । अनि खुरु खुरु भान्छामा गएर चाउचाउ पकायो । छोराछोरिलाइ पिरो नराखिकन निकालिदियो र बुढीलार्ई र आफुलाई रातो धुलो खुर्सानी राख्यो ।

उ निकै खुशी थियो । किनकी केही समयलाई भए पनि उसको टाउको हल्का भएको थियो । हसिलो मुहार लिएर बुढी छेउ चाउचाउको कचौरा वोकेर गयो र भन्यो “हेर यो महिनालाई पिर नगर, कतै कहि तिरनतारन छैन, अब दुई बुढाबुढी भएर ज्याला मजदुरी गरौला अनि अर्को महिनालाइ तिर्न पुग्ने कमाउला ।”

यत्तिकैमा बुढीले अक्मकिदै भनु कि नभनु भन्दै भनी भरेलाइ चामल छैन, अलिकती उब्रेको भए गएर कनिका भए नि ल्याउनुस् न है । यो सुनेर छाँगाबाट खसेजस्तो भयो । त्यति खुसी भएर पकाएको चाउचाउ पनि खल्लो भयो । उता छोराछोरी पनि स्कुलबाट आए।

आउने बित्तिकै छोराले भन्यो बाबा बाबा अब स्कुल ड्रेस नलगाइ जान पाइदैन रे । छोराको कुरा नसकिदै छोरीले पनि भनी बाबा बाबा मलाइ नि एउटा झोला किन्दिनु न । हातमा किताब बोकेर जादा किताब नै च्यातिन लाइसक्यो ।

बुढी छोराछोरीको कुरा सुनेर टाउको समाउदै मनमनै सोच्यो यो गरिबी भन्ने चिज नै कति अचम्मको हुदो रहेछ बल्ल बल्ल एक महिनालाई त टर्यो भनेको जतासुकै प्वालै प्वाल । कति मात्र टालेर सक्नु ? सबैको अनुहारमा हेर्दै चुपचाप बस्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर