– शिवप्रसाद काफ्ले


पिडाहरू लुकाएरै भएपनि त हाँस्नु पर्थ्यो,
बन्धक यो सारा जीवन यसै राख्नु पर्थ्यो,
मरेर घाटमा पुगेको लासलाई हेरेर उसले सोच्यो ,
घिटिघिटी भएर नि चुनावसम्म त बाँच्नु पर्थ्यो ।


थाहा छ ओरालो लागेको मृगलाइ बाच्छाले नि खेद्छ,
कलम आफै लेख्दैन तिमी जे सोच्छौ त्यही लेख्छ ,
सुख दुख जिन्दगी हो जिउने आ-आफ्नो तरिका हो,
भाग्य सिसाकलमले लेख्ने होइन जो इरेजरले मेट्छ


बस्छन कोही मनमा भनी उसले काँडेतार लगायो,
सत्यलाइ वेकसुर प्रहार गर्यो झुटलाई जितायो,
बा-आमा भगवान हुन् छोराले कहिले बुझेन,
निर्जीव ढुङ्गालाई भगवान सम्झी भेटी चढायो

दु:खैदु:ख मात्र आइलाग्छन् भगवान दाहिना भएपछि,
शत्रुहरु यसै जाइलाग्छन भगवान दाहिना भएपछि,
नगर्दिनु कसैको राम्रो काम नचिताउनु कसैको भलो,
तर उल्टै घाँटी समाइ लाग्छन् भगवान दाहिना भएपछि


सुकिला र मुकिलाहरूको संसार बेग्लै हुँदो रैछ
आफ्नै मान्छेहरू बीचको व्यवहार बेग्लै हुँदो रैछ
सम्बन्ध जोड्न सम्पतीको हिसाब गर्नेहरुले गर्दा
पैसाले धानेको इज्जतको आकार बेग्लै हुँदो रैछ

***

प्रतिक्रिया

सम्बन्धित खवर