अब्राहम लिङ्कन (१२ फरवरी, १८०९ – १५ अप्रैल १८६५) अमेरिकाका १६औं राष्ट्रपति थिए। लिङ्कनको जन्म एउटा गरीब अश्वेत परिवारमा भएको थियो। उनको कार्यकाल १८६१ देखि १८६५ सम्म रहेको थियो। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट गृहयुद्ध (अमेरिकी गृहयुद्ध)बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कनलाई नै जान्छ ।
राष्ट्रपति बन्नु पूर्व उनी वकिल, इलिअन्स स्टेटका विधायक (लेजिस्लेटर), अमेरिकाका प्रतिनिधि सभाका सदस्य थिए। उनी दुई पटक सिनेटको चुनावमा असफल पनि भए। आजको विवेक क्याप्सुलमा विश्वकै लोकप्रिय राजनीतिज्ञ अब्राहम लिङ्कनको प्रेरक भनाईहरू प्रस्तुत गरेका छौँ । हेर्नुस्
१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्धति हो ।
२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बञ्चरो उदाउन लगाउनेछु ।
३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।
४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।
५. मेरो चिन्ता तिमी असफल भएकाप्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।
६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
७. आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।
८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।
९. म अहिले जहाँ छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणि छु ।
१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।
११. म आज सफल हुन सके किनकि मेरा यस्ता मित्रहरू थिए जसको ममाथि पूरा विश्वास थियो र मैले उनीहरूको विश्वासलाई ढल्न दिइन ।
१२. जब म राम्रो गर्छु मलाई राम्रो अनुभूति हुन्छ, जब म नराम्रो गर्छु मलाई नराम्रो अनुभूति हुन्छ, यही नै मेरो धर्म हो ।
१३. म ढिलो अवश्य हिड्छु तर उल्टो भने कहिल्यै हिड्दिन ।
१४. यदी तिमी मान्छेमा जसरी पनि नराम्रो नै खोज्छौ भने त कुनै न कुनै भेटिहाल्छौ ।
१५. यदी तिमी आफ्नो रस्सीको अन्तिम फेदमा पुग्यौ भने त्यसलाई राम्रोसँग बाँध्नु र अडिएर बस्नु ।
१६. सबैभन्दा पहिले आफू सही ठाउँमा उभिएको निश्चित गर्नु त्यसपछि जति नै दवाव आओस् आफ्नो स्थानबाट हलचल नगर्नु ।
१७. कुनैदिन अवसर पक्के आउनेछ यसैले म सधैं तयार भएर बस्दछु ।
१८ उसमा मात्र आलोचना गर्ने अधिकार रहन्छ जससँग परिआएको बेला सहयोग गर्ने हृदय पनि हुन्छ ।
१९. चरित्र रुख जस्तै हो र प्रतिष्ठा छायाँ जस्तै हो। छाँया, जसलाई हामी सोच्दछौं, तर रूख, वास्तविक हो।
२०. तपाईं जो सुकै होस्, असल मान्छे बन्नुहोस्।
प्रतिक्रिया
-
४
