कविता साहित्यिक अभिव्यक्तिको सबैभन्दा पुरानो विधा हो । महाभारत र रामायण जस्तो विश्वप्रसिद्ध ग्रन्ध पनि काव्य ऋचाकै माध्यमबाट लेखिएको हो । पद्य कविताको केही नियम भएपनि कविता यस्तो हो भनेर ठ्याक्कै भन्न सकिने अवस्था हुँदैन् । आधुनिक समयको मागसँगै अहिले गद्य कविताको लेखन पनि बढेर आएको छ । कविहरूले कवितालाई आफ्नै अनुभूतिको आधारमा व्याख्या गर्छन् । आजको विवेक क्याप्सुलमा  विश्वप्रसिद्ध कविहरूले कविताको बारेमा राखेका धारणा प्रस्तुत गरेका छौँ ।

वास्तविक  कविता बुझ्न भन्दा पहिले संवाद सुरु  हुन्छ ।

-पाब्लो नेरुदा

*****

कविता अग्लो खुसी र गहिरो दुखमा जन्मिन्छ ।

– अब्दुल कलाम

*******

भावनाले विचार पाउनु र विचारले शब्दहरू पाउनु कविता हो ।

– रोवर्ट फ्रोस्ट

*******

कविता हरेक व्यक्तिको मुटुमा लेखिएको अनन्त अक्षर हो।

– लवरेन्स फेर्लिङघेट्टी

******

कवि झुठो व्यक्ती हो जसले सधै सत्य बोल्छ ।

-जिएन कोक्टिएभ

* *****

अपरिपक्व कविले नक्कल गर्छ ; परिपक्व कविले चोर्छ ।

-टि. एस एलिएट

* *****

महान कविता लेखिनको लागि सिमाभन्दा बाहिरको तनाव सहेर उसको क्षमताभन्दा  बढी  गर्नुपर्छ ।

-स्टेफन स्पेन्डर

*****

तीन कुरामा कविता पुग्नपर्छ ; आँखा, कान र मन ।

-रोबर्ट फ्रोस्ट

****

यदि मेरो शारीरबाट   टाउको निकालियो भने त्यो कविता हो ।

-एमिली डिकिंसन

*******

 मैले कवितालाई व्याख्या गर्नु भनेको कुकुरले बिरालोलाई  व्याख्या गरेको झै हो ।

-ए . इ . हाउसम्यान

* *****

मलाई लाग्छ ती सबै कवि हुन जसले आफूलाई कवि भन्दैनन् ।

– बाँब डेलोन

******

 कविता : तल्लो खण्डमा ;  जिन्दगीको आलोचना हो ।

– म्याथ्यु आर्नोल्ड

******

कवि अदृश्य  योगी हो ।

-वालेश स्टेवन्स

* ****

कविता भनेको  यस्तो समाचर हो, जसमा समुन्द्री जनावरहरू जमिनमा बस्दैछन् र आकाशमा उड्ने चाहना राख्दछन् ।

-कार्ल स्याणवर्ग

******

प्राय मानिसले कवितालाई प्राथमिकतामा राख्दैनन्  किनभने प्राय कविताले मानिसलाई प्राथमिकतामा राख्दैन् ।

-एड्रीएन मिट्चेल

——-
संकलन – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर