२४ अगस्ट सन् १९४७ मा जन्मिएका ब्राजिलियन गीतकार तथा उपन्यासकार पाउलो कोएलो अन्तर्राष्ट्रिय स्तरमा धेरै बिक्री भएको उपन्यास ‘द अलकेमिस्ट’बाट प्रशिद्ध बनेका हुन् । उनका अन्य उपन्यास पनि उत्तिकै चर्चित छन् । आज उनका पुस्तकबाट केही मन छुने अंशलाई प्रस्तुत गरेका छौँ :

–  यदि तिमी सफल हुन चाहन्छौ भने एउटा नियमको पालना गर्नु कि कहिले पनि स्वयसँग झुटो नबोल्नु ।

–  जीवनको रहस्य सातचोटी लडेर पनि उठ्नुमा हुन्छ ।

–  डरसँग कहिले पराजित नहुनु यदि तिमी पराजित भयौ भने आफ्नो मनको आवाज सुन्न सक्दैनौ ।

–  असफलताको डर नै एकमात्र कारण हो जसले तिम्रो सपना सकार हुनुमा बाधा पुर्‍याउँछ ।

–  बहादुर बन, जोखिम उठाऊ, कुनै पनि कुरा अनुभवसँग दाज्न सकिन्न ।

–  यदि इन्द्रेणी दर्शन गर्न चाहन्छौ भने वर्षातलाई हेर्न सिक ।

–  साधरण कुराहरू पनि असाधरण हुनसक्छ तर बुद्धिमानीले मात्र त्यसलाई देख्न सफल हुन्छन् ।

–  जब हामीले प्रेम खोज्न थाल्छौँ, प्रेमले पनि हामीलाई खोज्न थाल्छ र सुरक्षा पनि गर्छ ।

–  सपना ईश्वरको भाषा हो ।

–  प्रेम जाल हो : जब नजरमा आउँछ, त्यसको प्रकाश मात्र देखिन्छ, छायाँ गुप्त हुन्छ ।

–  खुसीलाई भाग लगाइयो भने प्रतिफल गुणानमा प्राप्त हुन्छ ।

–  तिमीसँग विकल्प छ : मनलाई नियन्त्रण गर अन्यथा मनले तिमीलाई नियन्त्रण गर्ने छ ।

–  जिन्दगी छोटो वा लामो तिमीले बाँच्ने तरिकामा भर पर्दछ ।

–  मान्छेले २५ प्रतिशत आफ्ना शिक्षकबाट सिक्छन, २५ प्रतिशत स्वयंलाई सुनेर, २५ प्रतिशत आफ्ना साथीभाइबाट र २५ प्रतिशत समयबाट ।

–  दुःख तबसम्म सकिदैन जबसम्म हामीहरू आफ्ना इच्छाको बाटोमा हिँड्छौँ ।

–  तिम्रो समयलाई स्पष्टीकरण दिएर खेर नफाल, मान्छेहरू त्यही मात्र सुन्छ्न् जे उनीहरू सुन्न चाहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर