वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। उनी प्राचिन भारतको महान दार्शनिकहरू मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरूमध्ये सबभन्दा वरिष्ठ थिए। यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिए। उनी धर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरूद्वारा प्रमाणित भएको पाइन्छ। आजको विवेक क्याप्सुलमा उनै दार्शनिकको महावाणी प्रस्तुत छ:

अहिंसा सबैभन्दा ठूलो धर्म हो अतः बाँच र बाँच्न देऊः सन्देशमा कायम हुनपर्छ ।

प्रत्येक आत्मा स्वयंमा सर्वज्ञ र आनन्दमय छ । आनन्द बाहिरबाट आउँदैन ।

शान्ती र आत्मनियन्त्रण नै सहि अर्थमा अहिंसा हो ।

हरेक जीवित प्राणीप्रतिको दयाभाव नै अहिंसा हो । घृणाले मानिसको विनास हुन्छ ।

लाखौं शत्रुमाथिको विजय प्राप्त गर्नुभन्दा स्वयंलाई विजय गर्नु महान कुरा हो ।

हाम्रो शत्रु हामीभित्रै छ, लोभ, द्वैष, क्रोध, घमण्ड, आशक्ति र घृणा ।

प्रतिक्रिया

सम्बन्धित खवर