चेतन भगतको जन्म २२ अप्रिल १९७४ नयाँ दिल्लीमा भएको हो । उनी भारतका चर्चित उपन्यासकार तथा मोटिभेसनल स्पिकर हुन् । युवा पुस्तामा उनको लोकप्रियता बढी छ । उनले लेखेको केही उपन्यासमा आधारित भएर बलिउड फिल्म पनि बनेका छन् । आजको विवेक क्याप्सुलमा उनै चेतन भगतको प्रेरक विचारहरू प्रस्तुत गरेका छौँ:
पहिला आफैंलाई प्रेम गर अनि मात्र अरुलाई प्रेम गर ।
एउटा बुद्धिमान मान्छे पनि प्रेममा मूर्ख हुनसक्छ ।
दुनियाँमा सबैभन्दा सजिलो काम सल्लाह दिनु हो तर यसलाई कार्यान्वयन गर्न सबैभन्दा गार्हो काम हो ।
जीवनमा चारवटा तत्व यस्तो छ, जसबाट तिमी आफूलाई बचाउन सक्दैनौ । निराशा, अधैर्यता, अन्याय र अलगाव । यी तत्वाहरू हाम्रो जीवनमा मनसून जस्तै बनेर आउँछन् । त्यसैले आफू स्वयं भित्रको दियो जलाएर राख्नु जरुरी हुन्छ ।
जब कुनै नारी तिम्रो जीवनमा प्रवेश गर्छिन्,तब तिमी सन्तुलित हुन्छौ ।
दहीलाई खान मात्र सकिन्छ, लगाउन सकिन्न ।
हामी हार्नैपर्ने भए त्यस्ता व्यक्तिसँग हारौँ जोसँग मस्तिष्क नभएपनि मन चाहिँ होस् ।
गर्वले जिउन सिक । अरुका लागि जिउन सिक । जसले यसो गर्छ उसैले सम्मान पाउँछ ।
आफूलाई सुधार्नमा यति धेरै व्यस्त राख कि अरुको आलोचना गर्ने समय नै नमिलोस् ।
जिन्दगी गम्भीरतापूर्वक लिनको लागि होइन । हामी याअँ अस्थायी रुपमा आएका हौ । जिन्दगी प्रिपेड कार्ड जस्तै हो जसको भ्यालिडिटी लिमिटेड हुन्छ ।
जिन्दगीले दुईपटक एउटै अवसर दिन्न ।
कुनै पनि राष्ट्रको चरित्रको परीक्षण बहुमत भएका नागरिकले अल्पसंख्यक नागरिकलाई गर्ने व्यवहारबाट थाहा हुन्छ ।
प्रतिक्रिया
-
४
