विश्व सङ्गीतका हस्ती नेष्टा रोबर्ट मार्ले अर्थात बव् मार्लीको जन्म ६ फ्रेबु्रअरी १९४५ मा जमैकाको सेन्ट एन पेरिस भन्ने ठाउँमा भएको थियो । उनको बुवा गोरा जातिका थिए भने र आमा काला जातिकी थिइन् । त्यसैले उनी आफूलाई काला र गोराहरूको पक्षमा नभई ईश्वरको पक्षमा रहेको बताउने गर्थे ।

गरिब परिवारमा जन्मिएका उनले बाल्यावस्थामा गरिबीको निकै सामना गरे । मार्लीले १७ वर्षको उमेरमा १९६२ मा पहिलो एल्बम ‘जज नट’ सार्वजनिक गरे । १९६३ मा मार्लीले केही व्यक्तिहरूसँग मिलेर म्युजिकल व्याण्डको स्थापना गरे जसलाई उनीहरूले ‘टिन एजर्स’नामाकरण गरे । पछि यसको नाम परिवर्तन गरेर ‘द वेयलर्स’ राखेका थिए । ‘आइम स्टील वइटिङ्ग’, ‘सिमर डाउन’, ‘लेट हिम गो’लगायतका एल्लब प्रकाशित गरेका उनी जमैकाका स्थापित गायक भइसकेका थिए । रेगेइ म्युजिकप्रतिको उनको प्रेमलाई मानिसहरुले निकै रुचाए । १९७५ मा सार्वजनिक ‘नो वोमेन नो क्राई’भन्ने एल्वमले मार्लेलाई अन्तराष्ट्रियरुपमा चर्चा दिलायो ।

उनले १९६६ मा स्थानीय सन्डे स्कूलकी शिक्षिका रीटा एन्डर्सनलाई विवाह गरे । रीटाबाट मार्लीका ४ वटा छोराछोरीहरू जन्मिए भने उनले आधिकारिक रूपमा ११ ओटा छोराछोरी आफ्नो भएको स्वीकार गरेका छन् । ती कम्तिमा ८ वटी महिलाहरूबाट जन्मिएको बताइन्छ । यथार्थमा उनका २० ओटासम्म सन्तान रहेको अनुमानसमेत लगाइने गरेको छ ।

एक पटक बब मार्लेको हत्या प्रयास पनि भएको थियो । हतियारधारीहरूले बब, उनकी श्रीमती रिटा र उनको म्यानेजरमाथि गोली चलाएका थिए । गोली लागे पनि उनीहरू बाँच्न सफल भएका थिए । त्यसको दुई दिनपछि जमैकाको गृहयुद्धलाई अन्त्य गर्न आह्वान गर्दै एउटा कन्सर्ट गर्न लागिएको थियो । मार्लेले उक्त गोलीकाण्डपछि उक्त कन्सर्ट रद्द गर्छन् भन्ने धेरैले अनुमान गरेका थिए तर उनी उक्त कन्सर्टमा गए र देशको एकताका गीत गाए ।
उनको सङ्गीतमा विशेषगरी मानवता, राष्ट्रप्रेम, राष्टाफारी धर्मको प्रभाव देख्न सकिन्छ । उनी ७० को दशकका अन्तर्राष्ट्रिय प्रख्यात गायक र लेखक थिए । उनले गाएका गीत उनी आफैँले नै लेखेका थिए । फुटबल खेल्न रुचाउने उनको फुटबल खेल्ने क्रममा खुट्टामा चोट लाग्यो । घाउ बढेपछि डाक्टरहरूले उनलाई औला काट्नुपर्ने सुझाव दिए तर राष्टाफारिन धर्ममा शरीरका अङ्गहरू काट्नु राम्रो मानिदैनथ्यो । त्यसैले उनले औला काट्न मानेनन् र त्यसकारण उनले औला काट्न अस्विकार गरिदिए । पछि त्यहीँ घाउले क्यान्सरको रूप लियो र शरीरभरी फैलियो । २० औं शताब्दिका महान गायक बव मार्र्लीेको ३६ बर्षकै उमेरमा ११ मे १९८१ म मायामीमा भयो । उनले आफ्नो जीवनको अन्तिम घडीमा ‘पैसाले जीवन किन्न नसकिदो रहेछ ।’ भनेका थिए ।

आजको विवेक क्याप्सुलमा हामीले सुमधुर सङ्गीत र मनछुने शब्दहरूका जादुगर मानिने बव् मार्लीका प्रेरक भनाईहरू प्रस्तुत गरेका छौँ ।
हेर्नुस्:

१. आँखा खोल र आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. सङ्गीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हिर्काउदा पनि केही पिडा हुँदैन।

४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षतको अनुभूत गर्दछन्, बाँकी रुझ्दछन् ।

६. आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

७. आफ्नो विवेक नगुमाउ र दुनियाँ जित, तिम्रो बुद्धि सुनचाँदी भन्दा धेरै राम्रो छ ।

८.यदी तपाई कहिँबाट पनि केही शुरु गर्न सक्नुहुन्न भने, तपाईँ कतै जान पनि सक्नुहुन्न ।

९. आफ्नो मनलाई केवल हामी आफैँले मात्र आजाद गर्न सक्छौँ ।

१०. उठ, उठ । आफ्नो अधिकारको लागि खडा हुनुहोस्, खडा हुनुहोस् र लडाई नहार्नुहोस् ।

११. सबै कुरा अन्ततः ठीक हुनेछ, यदि ठीक हुँदैन भने यो अन्त्य पनि होइन ।

१२. जीवन दिनको लागि हो र जीवन जिउनको लागि हो ।

१३. एक व्यक्तिको महानता उसले कति पैसा कमाउँछ भन्ने होइन, तर उसको इमान्दारी र आफ्नो वरपरका मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने क्षमतामा हुन्छ ।

१४. जबसम्म तपाईंसँग बलियो बन्ने अन्तिम विकल्प हुँदैन तबसम्म तपाईं कत्तिको बलियो हुनुहुन्छ भनेर तपाईंले कहिल्यै थाहा पाउनु हुनेछैन ।

१५. जीवनभर कैदी भएर बस्नु भन्दा स्वतन्त्रताको लागि लड्नु राम्रो हो ।

१६. मानिस आफै भित्रको ब्रह्माण्ड हो ।

१७. सबैभन्दा डरपोक त्यो पुरुष हो जसले नारीको माया जगाउँछ तर उसलाई माया गर्ने नियतले होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर