– पराजित पोमु

“म”
आमा बाबाले
जन्माउनु भएको म
म भनेको को हो?
आमाले भन्नुभयो ‘तँ हो नि तँ!’
तै पनि अहँ थाहा भएन-‘म हो कि तँ?’

स्कुलमा बर्णमालामा सिकेँ
-कपुरी ‘क’।
-पेटफारो ‘ख’।
-गाइखुरे ‘ग’।
थाहा भयो ‘एउटा बर्ण रहेछु म!’

एक दिन मैले बर्णमालामा पढेँ-
‘राम्रो म’
मलाई लाग्यो – ‘म भनेको राम्रो म’
तब त अरुलाई राम्रो देख्नै छोडेँ
सुन्दर देख्नै छोडेँ
आफै मात्र राम्रो ‘म’।

पहिला पहिला
सुन्दर लाग्ने आमाको आँखा पनि
राम्रो देख्न छोडेँ।

सायद अरुले पनि
मैले जस्तै राम्रो ‘म’ पढे
आफूलाई मात्र
राम्रो देख्न थाले।

यदि,
राम्रो ‘म’ मा
राम्रो ‘त’ भई दिएको भए
सबै सबैले अरुलाई पनि राम्रो देख्थे हुन्।

***

प्रतिक्रिया

सम्बन्धित खवर