– टेकराज भट्ट
१,
मौनतामा हाम्रो बातचीत हुने भनेकै आँखाले हो
मनसंग मनको कुरा हुने इसाराको भाकाले हो
भौतिक रुपमा ज्यान सात समुद्र पारि भएपनि
यो दिलसंग त्यो दिल जोडिएको पवित्र बाचाले हो

२,
पसिना बगाएर पनि पाएँन, आँसु पिएर पनि पाएँन
वृक्ष जस्तो घाम छेकिछेकि छाँया दिएर पनि पाँएन
बैगुनीको हिया पथ्थरले बनेको रहेछ ढिलो बुझियो
गुनको साटो गुन मैले ढाल बनी उभिएर पनि पाएँन

३,
जगत् सृष्टिको मूल हो पञ्चतत्त्व
हुने पार मान्छे बुझे त्यै महत्व
खुदै दम्भ पाली स्वयम् घोषणाले
कहाँँ मिल्छ होला त्यसै बोधिसत्व

४,
अरूसँग कजिन पर्दैन, स्वयंसँग कजिए पुग्छ
मस्तिष्कले भनेको मान्ने मन भइदिए पुग्छ
बाहिरी सुझावमा सुल्टो मार्गदर्शन छ कि छैन?
एकपल्ट दिलले दिमागको सल्लाह लिए पुग्छ

५,
तिमी याद आयौ निशाको प्रहरमा
म खोजेर थाके डढेको सगरमा
गयो घाम ढल्दै र लाली बदल्दै
लगी याद गाढा सधैं झैं शिखरमा

प्रतिक्रिया

सम्बन्धित खवर