– तोमनाथ उप्रेती

१.
निःस्वार्थ हृदय
करुणा बग्छ जीवन
मानव उज्यालो।

२.
सेवाको बाटो
अहंकार गल्छ यहाँ
शान्ति उम्रन्छ।

३.
म बाट हामी
चेतनाको यात्रा हो
विश्व जोडिन्छ।

४.
त्यागको फूल
मनको बगैंचामा
सुगन्ध फैलिन्छ।

५.
दुःखको आवाज
सुन्ने हृदय खुल्छ
मानवता बन्छ।

६.
करुणा पानी
जीवनको माटोमा
प्रेम उम्रिन्छ।

७.
निःस्वार्थ ज्योति
अन्धकार हटाउँदै
आशा जगाउँछ।

८.
सेवाको स्वर
मानवताको गीत
आकाश छुन्छ।

९.
अहंकार झर्छ
मन हलुका बन्छ
शान्ति बस्छ।

१०.
हामीको सपना
एकता बुनिएको
विश्व मुस्काउँछ।

११.
दया बग्छ यहाँ
मनका नदीहरूमा
जीवन पवित्र।

१२.
त्यागको शक्ति
मौन रूपमा बोल्छ
संसार बदल्छ।

१३.
सहयोग हात
अन्धकारमा दीप
जीवन उज्यालो।

१४.
निष्काम कर्म
फलको लोभ छैन
सत्य खुल्छ।

१५.
प्रेमको भाषा
सबै दिल बुझ्छन् यहाँ
मानव जोडिन्छ।

१६.
सेवाको बाटो
आत्माबाट सुरु
विश्व पुग्छ।

१७.
करुणा सास
जीवनलाई चलाउँछ
शान्ति बस्छ।

१८.
निःस्वार्थ मन
समुद्र जस्तै गहिरो
सबै अटाउँछ।

१९.
मानव यात्रा
सेवामा पूर्ण हुन्छ
अर्थ पाइन्छ।

२०.
उज्यालो मार्ग
निःस्वार्थताको दीप
विश्व बदलिन्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर