– ढाकामोहन बराल

” भेट्दै भेट्दैन यार । ” रत्नेले भन्यो ।
” यो थुप्रोमा कहाँ भेटनु । ” उसलाई साथ दिन अस्थायी सेल्टर देखि आएको मोतीले पनि हार मान्यो ।
नजिकै भेटिएको काठको डण्डीले खोस्रन पनि खोजे दुबै जनाले । आसा अझै मरेको छैन ।
” ठूला मान्छेको पनि आफ्नै मात्र ध्याउन्न हुने क्यार । ” उसको बोलिमा गुनासो देखिन्थ्यो।
कुराको मेसो नपाएर मोती उ तर्फ हेरेर आँखाले जिज्ञासा राख्यो ।
” बाबा ममीले पनि आफ्नो आफ्नो सामान मात्र निकाल्न भ्याएछ्न् । ” रत्नेको परिभाषामा ठूला मान्छे आफ्नै बुबा आमा रहेछ्न् अहिलेलाई । आफ्नो कुरा प्रष्ट पार्यो ।
केही समयको प्रयास पछि दुबै थकित देखिए ।
पल्लो तर्फ मोतीको घर भएको पुरानो ठाउँमा गएर ” पानी पिउन मन लाग्यो अन्टी । ” भन्दै अभिनय गर्यो रत्नेले ।
” तेरै घर पिए हुन्छ । ” मोती पनि जिस्किन के कम तर पुरानो याद दुबैलाई आयो ।

” अब तेरो र मेरो घरसँगै हुन्छ कि हुँदैन होला ? ” अहिले भने रत्ने अलि गम्भीर देखियो ।
” जहाँ भए पनि भेट्न आइज ल । ” मोतीले भन्यो ।
उनीहरु भग्नावशेषको थुप्रोमाथि डुल्दै थिए । स्कूल पनि ढलेको देखे पछि दुबैको मन खिन्न देखियो ।
” जे सि बि ले स्कुल पनि भत्काएछ । ” लामो श्वास फेर्दै मोतीले भन्यो ।
” ए फुच्चेहरु के देखिरहेछ तिमीहरु । ” कसैले सोधेको देखेर उनीहरु पछाडी फर्के । कवाडी उठाउने मान्छे रहेछ ।
” हामी त हाम्रो किताब कपी राखेको झोला खोज्न आएको । ” रत्नेले भन्यो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर