– सृष्टि एरी

१,
ढिला सुस्ती होइन जसरीनि, आजकै दिन जहाज पठाइदेऊ
सरकार, थाहा होला नि तिम्लाई किन..? जहाज पठाइदेऊ
तिम्रा नेता बिरामी हुँदा अमेरिका, अस्ट्रेलिया पुगे जस्तै,
जोखिममा छन् नेपाली खाडीमा, लिन जहाज पठाइदेऊ।

२,
मुक्तक
डुब्दै थियो प्रेमको डुङ्गा, बचाउन सकेनौ
प्रेमको मधुर धुनमा सँगै नचाउन सकेनौ
सुनेको थिएँ कुकुरलाई घिउ पच्दैन भन्ने,
चोखो माया गरेको थिएँ, पचाउन सकेनौ।

३,
बधाई छ, केही पायौ की हरामी बनेर..?
अनुभव बटुले तिम्रो निम्ति बदनामी बनेर
चुलै निम्तो पठाउँला मुटु माथि ढुङ्गा राखी
दाइजो लिई आईदिनु बिहेमा दामी बनेर।

४,
बधाई छ, केही पायौ की हरामी बनेर..?
अनुभव बटुले तिम्रो निम्ति बदनामी बनेर
चुलै निम्तो पठाउँला मुटु माथि ढुङ्गा राखी
दाइजो लिई आईदिनु बिहेमा दामी बनेर।

५,
मिठो प्रेम मनबाट दिन पनि अनुमति लिनु पर्छ
सोध्छौ होला यस्तो किन पनि अनुमति लिनु पर्छ
आफ्नै भएर पनि आफ्नो नहुने कस्तो विडम्बना
मैले त उसलाई सम्झिन पनि अनुमति लिनु पर्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर