फ्रान्ज काफ्का जुलाई, सन् १८८३ मा चेक गणराज्यको प्रागमा यहूदीहरूको परिवारमा जन्मेका थिए। नको आमाको नाम जुली लोवी थियो र उनी धनी परिवारबाट आएका थिए। उनका पाँचजना भाइहरू थिए। उनका बुबा हर्मन काफ्का थिए, र उनले मासुको व्यवसायमा आफूलाई समर्पण गरे । उ २१ वर्षको उमेरमा लेखकले आफैलाई निश्चित रूपमा लेख्ने कलामा समर्पित गर्ने निर्णय गरे।
फ्रान्ज काफ्काले विशेष उपन्यास,कथा,नाटक आदि विधामा कलम चलाएर विश्व साहित्यलाई अमूल्य उपहार दिए । आजको विवेक क्याप्सुलमा उनैको सिर्जनाबाट केही उद्धरणहरू प्रस्तुत गरेका छौँ, जुन यस्तो छ ः
पिँजडा पंक्षीको खोजमा निक्लियो ।
एकान्त स्वयंलाई चिन्ने माध्यम हो ।
तिमी एउटै समयमा मेरो मनको शान्ती र क्रान्ति दुबै हौ ।
बाटो हिँडेपछि बन्छ ।
केही किताबहरु आफ्नै घरको अपरिचित कोठाको चाबी जस्तो लाग्छ ।
भाषा अरु केही नभएर कमसल अनुवाद हो ।
जसले सुन्दरताको पहिचानको क्षमतालाई बचाएर राख्न जान्दछ ऊ कहिले बूढो हुनुपर्दैन ।
कृपया मलाई एउटा सपना मानिदिनोस् ।
लेखन प्रार्थनाको रूप हो ।
म कहिल्यै सजिलोगरी परिभाषित हुन चाहन्न ।
केही कुरा यति धेरै भ्रामक हुन्न जति एउटा फोटो हुन्छ ।
मलाई मारिदेऊ अन्यथा तिमी एउटा हत्यारा हौँ ।
प्रतिक्रिया
-
४
