हरेक बुधबार प्रस्तुत हुने स्तम्भ ‘विचार क्याप्सुल’ विश्वप्रसिद्ध व्यक्तिहरूका उच्च विचारहरू पस्किने हो थलो हो । आज हामीले प्रसिद्ध कवि, लेखक तथा गीतकार गुल्जारका केही उच्च भनाईहरू पस्किएका छौँ

गुल्जारको असली नाम सम्पूर्ण सिंह कर्ला हो । उनको जन्म १८ अगस्ट सन् १९३४ भारतमा भएको हो । गीतकार, कवि, लेखक, पटकथाकार र फिल्म निर्देशकको रूपमा प्रशिद्धी कमाएका गुल्जारले साहित्य एकादमी अवार्ड, दादासाहेब फाल्के अवार्ड, ५ पटक नेसनल अवार्ड, २२ वटा फिल्मफेयर अवार्ड र ग्रामी अवार्ड प्राप्त गरिसकेका छन् ।

गुल्जारको शब्दमा जादु हुन्छ । तीनै गुल्जारका केही नज्म, सायरी र गद्यबाट सारंश गरिएका केही भनाईहरू…

अलिकति वार्तालाप साथीभाइसँग गर्ने गर, प्राय बन्द कोठामा जालो लाग्ने गर्छ ।

***

निदाउनु सबै समस्यालाई सिरानी हालेर

बिहान हुने बित्तिकै फेरि त्यसैलाई अँगालोमा बेर्नु छदैछ ।

***

कसले भन्छ, हामी झुठो बोल्दैनौं

एकचोटि हालखबर

सोधेर त हेर !

***

थोरै शान्तिको पनि खोजी गर्नोस् हजुर

यो आवश्यकता त कहिल्यै पूरा हुँदैनन् ।

***

इच्छा धोकेबाज हुन्छ

पूरा हुनेबित्तिकै बदलिन्छ ।

***

प्राप्ती त धेरै भयो जिन्दगीबाट

बस् हामीले गिन्ती त्यसैको गर्छौं
जो प्राप्त हुन सकेन ।

***

पीडाको पनि आफ्नै अदा हुन्छ

जसले सहन सक्छ, उसैमा फीदा हुन्छ ।

***

कुनैकुनै नाताबाट फाइदा हुन्न

तर
जिन्दगी धनी बनाइदिन्छ ।

***

कुनै इच्छाहरू यसरी पनि अधुरो रह्यो,

पहिला उमेर थिएन, अब उमेर रहेन ।

***

क्षणभरको वार्ता अनि महिनाभरको दुरी

आदत तिम्रो पनि तलब जस्तो छ ।

***

जो तिमीबाट वाक्क भइसकेका छ्न्

उसलाई छोडिदेउ
बोझ बनेर बस्नु भन्दा याद बन्नु बुद्धिमता हो ।

***

आँखा पोखरी होइन तर पनि भरिन्छ

मन सिसाको होइन फेरि पनि फुटछ
र मान्छे मौसम होइन तर पनि बदलिन्छ ।

***

पीडा सधै आँसुबाट बहेर जान्न

कहिलेकाहीँ मुहारको हाँसोबाट पनि निक्लेर जान्छ ।

***

तिमी सपना होइन यथार्थ हो

त्यो यथार्थ जो सपना हो ।

***

एउटी नारी कुनै पुरुषलाई तबसम्म सुन्दर लाग्छ,

जबसम्म प्राप्त हुदैन्

जब प्राप्त हुन्छ उसले कदर गर्न छोडिदिन्छ ।

***

तिमीलाई त्यही पल भुलिदिन्छु, जुनदिन तिमीलाई मैले भन्दा धेरै प्रेम गर्ने मान्छेसँग भेट गराइदिन्छौ ।

***

तिम्रो नखरा उसैले सम्हाल्न सक्छ

जसले तिमीलाई साचो प्रेम गर्छ

***

कसैको गल्तीलाई बेनकाब नगर

ईश्वर छदैछ तिमी हिसाब नगर

***

हरेक कुरालाई मनमा लियौ भने रोएर बस्नेछौ,

जो जस्तो छ उस्तै बन्न सिक

***

पुरुषको चरित्र थाहा पाउनको लागि एक्लै भेट्न पर्छ ।नारीको चरित्र थाहा पाउनको लागि ऊसँग तब भेट्नपर्छ जब उनी आफ्ना साथीहरूसँग हुन्छिन् ।

***

जुन नाताले हामीलाई रुवाइदिन्छ, त्योभन्दा गहिरो अर्को कुनै नाता छैन ।

जुन नाताले हामीलाई रोइरहेको अवस्थामा छोडिदिन्छ , त्यो भन्दा कमजोर अरु कुनै नाता छैन ।

***

याद त्यो होइन, जुन एक्लोपनमा आउँछ ।

याद त त्यो हो, जो भीडमा आउँछ र एक्लो बनाइदिन्छ ।

***

खुट्टामा लाग्ने ठेसले सम्हालेर हिँडन सिकाउँछ ।

मनमा लाग्ने चोटले समझदारीको साथ जिउन सिकाउँछ ।

***

तिमीलाई भेटेर यो ज्ञान मिल्यो, झुटा मान्छेहरू पनि कति महत्त्वपूर्ण हुन्छन् ।

***

आत्मालाई होइन शरीरलाई प्रेम गर्न थाल्यो दुनियाँ

प्रेमको वाहानामा बासनालाई मेटाउन थाल्यो दुनियाँ

***

संकलन – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर