हरेक बुधबार प्रस्तुत हुने स्तम्भ ‘विचार क्याप्सुल’ विश्वप्रसिद्ध व्यक्तिहरूका उच्च विचारहरू पस्किने हो थलो हो । आज हामीले विश्वप्रसिद्ध कवि खलिल जिब्रानका केही उच्च विचारहरू पस्किएका छौँ ।
खलील जिब्रान (लेवनानी–अमेरिकन’ विश्वप्रसिद्ध कवि, कलाकार तथा लेखक हुन् । उनको जन्म जनवरी ६, सन् १८८३ मा लेवनानको बथरी नगरमा भएको थियो । उनी आफ्ना माता–पितासँग १२ वर्षको उमेरदेखि नै बेल्जियम फ्रान्स,अमेरिका आदि देशको भ्रमण गरेर सन् १९१२ देखि अमेरिकामा स्थायी बासिन्दा भएर बस्न थाले ।उनको जीवनको बहुचर्चित कृतिमा ‘दि प्रोफेट’ एक हो । साथै उनका विभिन्न दार्शनिक निबन्ध र लघु–कथा पनि उत्तिकै सशक्त र चर्चित छन् । उनका कृतिहरू विश्वमै सर्वाधिक विक्री हुने पुस्तक मध्य तेस्रो स्थानमा पर्छन् । जिब्रानले यो संसारलाई १० अप्रिल सन् १९३१ मा छोडेर गए ।
जिब्रानका केही उच्च विचारहरू
ज्ञान, ज्ञान रहदैन। जब ऊ यति धेरै अभिमानी बन्छ कि रून पनि सक्दैन,यति धेरै गम्भीर कि हाँस्न पनि सक्दैन, यति धेरै स्वार्थी कि आफ्नो छोडेर अरू कसैको अनुशरण गर्नध सक्दैन ।
***
आस्था एउटा अन्तरङ्ग ज्ञान हो । जुन प्रमाण भन्दा पर हुन्छ।
***
जीवनको दुई उपहार सुन्दरता र सत्य । पहिलो मलाई प्राप्त भयो, प्रेमलले भरिएको हृदयबाट, दोस्रो प्राप्त भयो श्रमिकको हातमा ।
***
जीवन र मृत्यु एउटै हुन् । जसरी नदी र समुन्द्र एक हुन् ।
***
आउने पिँँढीले गरिबीबाट समानता र सङ्कटबाट प्रेम सिक्नेछन् ।
***
बितेको समय आजको स्मृति हो । आउने समय आजको सपना ।
***
तिम्रो साथी आवश्यकताको उत्तर हो ।
***
उत्कन्ठा ज्ञानको सुरूवात हो ।
***
जुनदिन देखि मलाई यो ज्ञात भयो, मखमलको गद्दामा सुत्नेको सपना, नाङ्गो जमिनमा सुत्नेको सपना भन्दा मधुर हुँदैन । त्यस दिन देखि ईश्वरको न्यायमा श्रद्धा भयो ।
***
हिमपात र आँधीबेहोरीले फूललाई नष्ट गर्न सक्छ तर वीजलाई मार्न सक्दैन ।
***
बिर्सन सक्नु पनि स्वतन्त्रताको एउटा रूप हो ।
***
निस्सन्देह नुनमा विलक्षण पवित्रता हुन्छ। त्यसैले यो हाम्रो आँसु र समुन्द्रमा पनि पाइन्छ।
***
यदि तिमी जाति ,देश र व्यक्तिगत पक्षपातबाट केही माथि उठ्न सक्यौं भने निस्सन्देह तिमी देवताको बराबर हुन्छौ ।
***
इच्छा आधा जीवन हो । उदासी आधा मृत्यु हो ।
***
यदि तिमीले हृदयबाट केही लेख्ने प्रेरणा अनुभूति गर्यौ भने तीन कुरामा ध्यान राख्नुस्
१. ज्ञान कलाको जादू
२. शब्दहरूमा संगीतको ज्ञान
३. स्रोतालाई मोहित पार्ने जादू
***
जुन पुरूषले स्त्रीको ससानो गल्तीहरूलाई माफी दिदैन् । त्यस्ता पुरूषले स्त्रीको महान गुणको सुख भोग्न सक्दैनन्
सङ्कलक – जनक कार्की
प्रतिक्रिया
-
४