
– महाकवि मौलाना मोहम्मद जलालुद्दीन
महाकवि मौलाना मोहम्मद जलालुद्दीन रूमी १३ औँ शताब्दीको प्रेम र ईश्वर भक्तिको सुन्दर समिश्रण गरेर लेख्ने अफगानी कवि हुन् । रूमी फारसी साहित्यको एक विशिष्ट नाम हो । उनको जन्म सन् १२०७, अफगानिस्तानमा भएको थियो । आफ्नो जीवनकालमा सुफीयना, जुरिसिस्ट, इस्लामिक स्कोलर र कवि भएर बिताए । अमेरिकामा सबैभन्दा बढी बिक्री हुने किताबमा उनको किताब पनि पर्छ । उनको मृत्यु सन् १२७३ भएको हो । आउनुस आज उनको केही अमूल्य भनाइहरूमा विचरण गरौ ।
——————————————————————–
“हिजो म चतुर थिएँ । त्यसैले दुनियाँ बदल्न चाहन्थें।
आज म बुद्धिमान छु । त्यसैले आफुलाई बदल्न चाहन्छु।”
***
“एकचोटि तिमी भित्रको गुलामी गायब भयो भने तिमी राजा होइन महाराजा हुन्छौ।”
***
“आफ्नो शब्दहरूलाई चर्को बनाउ, अवाजलाई होइन।
फूल वर्षातले फुल्छ, चट्याङले होइन।”
***
“प्रायजसो हामीलाई ,यो भनेर मूर्ख बनाइन्छ कि भोलिको प्रतीक्षा गर।तर जीवनको आनन्द त यहि क्षणमा छ, जुन पलमा तिमी बाँचिरहेका छौ।”
***
“तिमी समुद्रको एक थोपा पानी होइनौ।
एक थोपामा पुरै महासागर हौ।”
***
“म न पूर्वको हुँ, न म पश्चिमको हुँ ।
किनभने मेरो मनमा कुनै सीमा छैन ।”
***
“अहमवादी मान्छे र ईश्वरको बीचमा भयंकर विशाल सघन पर्दा हुन्छ।”
***
“जब कोहि गलैँचालाई टकटकाउन पिट्छ
त्यो प्रहार गलैँचाको विरूद्ध हुदैन।”
***
“खंडहरले आशा जगाउँछ ।
त्यसमा कुनै दबेर बसेको खजाना हुन सक्छ ।”
***
“स्त्री ईश्वरबाट निक्लिएको किरण हुन् । उनी कुनै रचना होइनन, रचनात्मक हुन ।”
***
“सुर्यको किरण जब भित्तामा पर्दछ।अनि भित्ता उज्यालो भएर चम्किन्छ।तर वास्तवमा यो भित्ताको चमक होइन ।ठिक यसै गरि संसारमा हरेक कुराको आफ्नो खुबी हुँदैन ।त्यसैले तिमी यस्तो श्रोतको खोजी गर जसले सधै आफ्नै प्रकाशमा चम्किन मद्धत पुर्याउँछ।
***
कसैले पनि यो नसोच्नु कि हामी नराम्रोसँग टुटिसकेका छौँ ;
चर्किसकेका छौँ
पात मात्रै झरेको हो हाम्रो
आउने वसन्तको स्वागतमा ।
***
खराब समयले सामुन्ने आएर डर देखाउँछ
हरेक निराशालाई कुनै आशाले नियालिरहेको हुन्छ
प्रत्येक अँध्यारोलाई सुर्यको प्रकाशले खोज्छ ।
***
तिम्रो आधा जिन्दगी अरूलाई लोभ्याउनमा बित्यो
आधा जिन्दगी अरूले निर्माण गरेको भ्रममा बित्ने छ
अब बहकिन छोडिदेउ
यो खेल तिमीले धेरै खेलिसक्यौ ।
***
क्रोध आँधीबेहरी जस्तै हो
जुन केहि समय पश्चात् शान्त हुन्छ
तर त्यतिबेला सम्म धेरै शाखाहरू भाँचि सकेको हुन्छन्।
***
व्यर्थको चिन्ता छोडिदेउ
जे गुमाएको छौ
कुनै अर्को माध्यम बाट प्राप्त हुनेछ ।
***
संकलक: जनक कार्की
प्रतिक्रिया
-
४
-
१०