दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरीका बौद्ध धर्मावलम्बीहरु बोधिसत्व आर्य(अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यतः गेलुक (पहिलो टोपी सम्प्रदाय) सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रूपमा श्रद्धा गरिन्छ ।

विशेषत दलाई लामा छान्ने विधि एक जटिल आध्यात्मिक विधि हो । कहिले काहिँ पहिलो दलाई लामाले आफ्नो भावी अवतारका बारे केहि जानकारी छाडेर जाने गर्दछन तर केहि अवस्थामा भने तिब्बतको पवित्र ल्हामो तालबाट आउने पवित्र तथ्य , महान गेलुक धर्माधिकारीको सपनामा देखिने तथ्यहरु वा गेलुग सम्प्रदाय वा दलाई लामाकी ईष्ट देवी पाल्देन ल्हामोबाट दिइने तथ्यबाट पनि भावी दलाई लामाको चयन गरिन्छ । वर्तमान १४ दलाई लामाको चयन पनि यसै आधारमा गरिएको थियो ।

यसरी चयन गरिएको सानो बालक दलाई लामा हो, होईन अझ प्रस्ट पार्न उनलाई पछिल्लो दलाई लामाले प्रयोग गरेको वा उनीसँग सम्बन्धित वस्तुहरू रोज्न लगाईन्छ । यदि उनले सहि वस्तु रोजेको खण्डमा मात्र उनी सहि दलाई लामा हुन भन्ने यकिन गरी उनलाई विशेष सम्मानका साथ बौद्ध धर्ममा दिक्षित गरिन्छ ।

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए। उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन्। उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन्। उनै महान दार्शनिक गुरुका केही प्रेरक विचारहरू आजको विवेक क्याप्सुलमा प्रस्तुत गरेका छौँः

– करुणाको जरा कृतज्ञताको माटो भित्र लुकेको हुन्छ ।

– सहिष्णुताको अभ्यासमा सबैभन्दा ठूलो गुरु नै शत्रु हुन् ।

– महानता सिक्नको पहिलो गुण नै अरूको आदर गर्नु हो ।

– लक्ष्य अरुको भन्दा सर्वोच्च नभएर आफ्नो अतीतभन्दा उच्च हुनपर्छ ।

– अरूको व्यवहारले आफ्नो मनलाई अशान्त हुन नदेऊ ।

– मेरो धर्म एकदम सरल छ । मेरो धर्म करुणा हो ।

– यदि तिमीले केही नयाँ र महान कार्य गर्नको लागि आफूलाई सानो सोच्छौ भने लामखुट्टेसँग सुत्ने गर ।

– खराब समय यस्तो खजाना हो जहाँ सफलताको हतियार फेला पर्न सक्छ ।

– महानायक त्यहीँ हो जसले आफ्नो क्रोध र घृणामाथि विजयी प्राप्त गरेको हुन्छ ।

– एउटा सच्चा मित्र त्यही हो जसले तिम्रो झुठो प्रशंसा नगरेर गल्ती र कमजोरीलाई निर्धक्क देखाइदिन्छ ।

– जब जब सम्भव हुन्छ तबतब नम्र बन् र यो सम्भव छ ।

– सबैभन्दा सुन्दर सम्बन्ध त्यही जसमा एकार्काको आवस्यकता भन्दा प्रेम प्रधान होस् ।

– खुसीको अन्तिम स्रोत पैसा र सम्पत्ति होइन सहानुभूति हो ।

– म आफ्ना दुश्मनलाई पराजित गर्न उनीहरूलाई साथी बनाउँछु ।

प्रतिक्रिया

सम्बन्धित खवर