
एपिकुरस प्राचीन यूनानी दार्शनिक तथा ऋषि थिएँ, जसले दर्शनको अत्याधुनिक प्रभावशाली विद्यालय एपिकुरियनवादको स्थापना गरे । उनको जन्म ग्रीक द्वीपको समोसमा भएको थियो । एपिकुरसको जन्म ३४१ ईसापूर्वमा भएको मानिन्छ । आजको विवेक क्याप्सुलमा उनै महान दार्शनिकको विचारलाई प्रस्तुत गरेका छौँ ।
थोरैले सन्तुष्ट हुन नसक्ने मान्छे कहिले सन्तुष्ट हुन सक्दैन ।
बुद्धिमानको दुर्भाग्य मूर्खको समृद्धिभन्दा उत्तम हुन्छ ।
त्यस्ता दार्शनिकको वाणी व्यर्थ छ जसले मनुष्यको कुनै पनि पीडा कम गर्न सक्दैन ।
सदाचार तीनवटा तत्व मिलेर बनेको हुन्छ स् सम्यम, धैर्य र न्याय ।
यदि ईश्वरले मनुष्यको प्रार्थना सुन्ने भए, सबै मनुष्य नष्ट भइसक्थे किनभने मान्छे सधै एकाअर्काको विफलताको प्रार्थना गर्छ ।
ईश्वरसँग नडराऊ, व्यर्थमा चिन्ता नगर । जे असल छ त्यसलाई प्राप्त गर्न सहज छ, जे भयानक छ त्यसलाई सहन पनि सहज छ ।
एउटा स्वतन्त्र जीवन बाच्ने मान्छेले धेरै सम्पत्ति आर्जन गर्न सक्दैन । भिड वा राजाको गुलामीबिना धनी बन्नु संभव छैन ।
आत्मनिर्भरताको सबैभन्दा ठूलो परिणाम स्वतन्त्रता हो ।
मित्रतासँग नखाएको खाना सिंह र ब्वासोले जस्तै खानु हो ।
हाम्रो जिन्दगीमा मृत्युको कुनै सरोकार छैन । किन कि जबसम्म हामी छौँ मृत्यु छैन जब मृत्यु छ हामी छैनौँ ।
अधिक परिश्रमले धनी हुन सकिन्छ तर जीवन पुरै दुःखी हुन्छ ।
जे तिमीसँग छैन त्यसको चाह नगर अनि जे तिमीसँग छ त्यसको वेवास्ता नगर ।
प्रतिक्रिया
-
४
-
१०