काल गुस्टाफ यूङ्ग स्वीजरल्याण्डको मनोवैज्ञानिक तथा मनोचिकित्सक थिए । उनको जन्म सन् १८७५ मा भएको हो । आफ्नो प्रारम्भिक जीवन कालमा दर्शन र जीवन जगतको बारेमा ज्ञान प्राप्त गर्न उनको पीता पादरी भएकोले सजिलो भयो।उनी फ्रायड र एडलरसँग मिलेर मनोविश्लेषण सम्प्रदायको स्थापना गरे। कालन्तरमा सन् १९१२ मा फ्रायडको साथ छोडिदिए । साथ छोडनुको कारण फ्रायडले यौन र लिबिडोको विषयमा मात्र केन्द्रित भएको भन्ने थियो।
सन् १९१३ मा उनले नयाँ सम्प्रदायको स्थापना गरे जसको नाम विश्लेषी मनोविज्ञान रहन गयो। यूङ्गले व्यक्तित्व संरचनामा अहम तथा स्वयम् ,व्यक्तिगत अचेतन एंवम सामुहिक अचेतन , मुखौटा,एनिम वा अन्तस नारी, एनिमस वा अन्तः नर, छाया र लिबिडोमा खोज अनुसन्धान र थुप्रै विचारहरू प्रस्तुत गरे। उनको मृत्यु सन् १९६१ जुन ६ मा भएको हो।
आजको विवेक क्याप्सुल स्तम्भमा यूङ्गका अनमोल विचारहरूको विचरण गरौं ।
वेदना बिना चेतनाको जन्म हुँदैन ।
जो बहिर्मुखी हुन्छन्, सपना देख्छन् । जो अन्तर्मुखी हुन्छ्न्, जागरुक बन्छन् ।
एक व्यक्तिलाई फिट भएको जुत्ता अर्कोलाई बिझाउन सक्छ। त्यसैले जीवन नीतिमा त्यस्तो कुनै रेसेपी हुँदैन्, जो हर कुरामा फिट हुन सकोस्।
अत्याधिक सुन्दर युवती आंतकको स्रोत हो। नियम अनुसार एउटा सुन्दर युवती भयानक निराशा हो
जनसमुह मानासिक महामारीको प्रजनन स्थल हो।
जब मानिसले एक अर्कालाई बुझ्न सक्दैनन् । उनीहरू एक अर्कालाई मूर्ख जस्तै व्यवहार गर्न थाल्छन् ।
मलाई एउटा समझदार व्यक्ती देखाऊ अनि म तिम्रो उपचार गर्छु।
मानिस स्वस्थ रहन अप्ठ्यारो परिस्थितिको आवश्यक पर्दछ।
ज्ञान सच्चाईको माध्यमबाट मात्र नभै गल्तीबाट पनि टिकेको हुन्छ।
नशाको लत सबै कोणबाट खराब छ। चाहे त्यो रक्सी, अफीम वा मायावाद नै किन नहोस्।
बच्चाहरूले तपाईको मौखिक निर्देशनबाट भन्दा व्यवहारबाट धेरै कुरा सिक्ने गर्छन् ।
सङ्कलक : जनक कार्की
प्रतिक्रिया
-
४
