– गोविन्द पौडेल
जुन शक्तिले हिमालको सौन्दर्य रच्यो त्यही शक्ति कति प्रलयकारी हकि ? सौन्दर्य हानिकारक मात्र होइन जीवन विनाशक पनि हुँदो रहेछ सौन्दर्यको पछि नलाग भाइ हो त्यो त डाइनामाइट रहेछ !
मान्छे पनि प्रकृति पनि !
आयातित बीजको बिकासे फूल सडिएको जराको ओखती पहाडको आँसु सिँचेर रोपेको सिन्थेटिक रोटी पुर्खाको नुनिलो पसिनाले फल्दैन !
रिकापीको लसुन प्लास्टिकको माटोमा उम्रिदैन ए जलपरी !
चिथोरिएको आँगनभित्रको घुर्यानसँग मधेसको घुर ताप्न अचेल भैँसीहरू आउन्नन्
लामखुट्टेको परिचित धुन हिउँको ढिस्कोभित्र बज्न थाल्छ यो डल्लो कल्ले तताइरहेछ ?
छातीभित्र मुटु हुन्थ्यो भन्थे ती वानरहरू ब्याट्रीले चल्ने मुटु कति दिन धड्किन्छ कुन्नि ?
मालचरीको हुल कान देउताको तरङ्गले देउरालीमा पाती चढाएर बिलाइसके ! ती अब फर्कदैनन् कहिल्यै !
डलरको छायामा परेको त्यो डगर बरबोटेको वरपीपलसँगै मौनताको आँसु रुँदै किचकन्याको बाँसुरी पर्खिरहेछ !
ए जलपरी !
***
प्रतिक्रिया
-
४
