– ऐश्वर्य श्रेष्ठ

उर्लेर आयो, खबरै नगरी, माथिबाट भोटेकोशी
छिनमैं आयो, छिनमैं लग्यो, सबैंको खुशी खोसी

बज्दैन बाँसरीको धुन सबैंतिर शोक परेको छ
आँगनमा बिस्कुन सुकेसरी मृत्यु सुकेको छ
मौन छ भोटेकोशी आफनैं बरखीको जुठोमा
छोडी जानेको यादमा बाँच्ने कसरी शोकमा

भन्दैं नभनी कसरी भोटेकोशी उर्लेर बग्यो
आँखैको अघि आँखाका नानी टिपेर लग्यो
कसैंको सिँउदो, कसैंको काख खाली भो
मरेर पनि जिउँदो भएर बाँच्न गाह्रो भो

उर्लेर आयो, खबरै नगरी, माथिबाट भोटेकोशी
छिनमैं आयो, छिनमैं लग्यो, सबैंको खुशी खोसी

***

प्रतिक्रिया

सम्बन्धित खवर