-ईश्वर पोखरेल
तिमी जस्तै मान्छे भरखर; यताबाट गयो;
‘बाबा!’ भन्दै परसम्म; छोरो दौडी रह्यो;
काँ’ छौ तिमी, के–कसो छ; कहिले आउँछौ घर?
सबै छाडी, यत्तिखेरै, नजाऊ न प…र।
हाम्रो घर, पल्लो घर; कुनै घर छैन।
अलिक पर बजार थ्यो’; त्यो नि’ देखिदैन।
बालुवा नै बालुवा छन्; हाम्रा खेतबारी
‘लाउँला खाउँला’ भन्दाभन्दै; जिन्दगी भो’ भारी!
किन हाम्रै हिमाल हाम्रो; शिरमाथि झर्यो?
किन तात्यो– यो पृथ्वी; किन आयो ज्वरो?
सेतो हिमाल कालो भयो; लौ न, यो के भयो?
के भयो यो साझा–धर्ती; किन ताती रह्यो?
***
प्रतिक्रिया
-
४
