आजको लोकसेवा तयारीमा हामीले समसामयिक १५ प्रश्न र उत्तर समेटेका छौँ । हेर्नुस् विस्तृतमा

• खयरताल कुन जिल्लामा पर्छ?

– म्याग्दी (अन्नपूर्ण गाउँपालिका-५, ४ हजार ७ सय उचाईमा रहेको)

• सापारू पर्वलाई अर्को कुन नामले समेत चिनिन्छ ?

–  गाईजात्रा

• दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार, २०७९ कसलाई प्रदान गरिने भएको छ ?

– महाविर पुन (उनी राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन)

• प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड कति उचाईमा रहेको छ ?

– ४३८० मीटर ( श्रावण शुक्ल पूर्णिमा (जनैपुर्णिमा) का दिन स्थान गरी यज्ञोपवित्र धारण गर्छन)

• भारतीय सेयर बजारमा ‘बादशाह’ को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालको निधन कहिले भयो ?

– २०७९ साउन २९ (August 14, 2022, उनलाई भारतको वारेन बफेट समेत भनिन्छ)

• नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियूक्त मुख्य प्रशिक्षक को हुन् ?

– मनोज प्रभाकर

• यूइएफए सुपर कप, २०२२ को उपाधि कुन क्लबले जितेको छ ? 

– रियल म्याड्रिड (फ्रयाङ्कफ्रट ६-१ गोल अन्तरले पराजित)

• महावुधाम नेपालको जुन स्थानमा रहेको छ ?

– दैलेख र कालीकोट जिल्लाको सीमा क्षेत्र

• यार्तुङ्ग मेला कुन जिल्लामा मनाईन्छ ?

– मुस्ताङ

• यार्तुङ् मेला घोडा दौड प्रतियोगिता, २०७९ को उपाधि जित्न को सफल हुनुभयो ?

– राजकुमार अधिकारी (नेपाली सेना)

• नेपाल पूर्वाधार सम्मेलन, २०७९ कहिले हुने भएको छ ?

– भदौ २३ र २४

• भारतमा राष्ट्रिय स्वतन्त्र दिवस कहिले मनाईन्छ ?

– अगस्ट १५ (७६ औँ स्वतन्त्र दिवस मनाइयो)

• नेसनल बैङ्क ओपन टेनिस, २०२२ को उपाधि जित्न सफल खेलाडी को हुन ?

– रोमानियाकी सिमोना हालेप (उहाँले ब्राजिलका बियट्रिज हाडाड माईयालाई ६-३, २-६, ६-३ ले हराएर)

• रातभरि नचाइने नीलवाराही नाच कुन जिल्लामा मनाईन्छ ?

– भक्तपुर (मध्यपुर थिमीस्थित बोडे)

• विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघलाई कहिले निलम्बन गर्यो ?

– अगस्ट १६, २०२२ (वि.स.२०७९

प्रतिक्रिया

सम्बन्धित खवर