• महालक्ष्मी साहित्य पुरस्कार, २०७९ कसलाई प्रदान गरियो?
— श्रवण मुकारूङ
• एक प्रदेश एक परम्परा कुन क्षेत्रको संरक्षणको लागि ल्याएको कार्यक्रम हो?
— लोपोन्मुख संगीत
• मोबाईल फोनका आविष्कारक को हुन?
— मार्टिन कुपर (सन् १९७३ अप्रिल ३ विश्वकै पहिलो मोबाइल फोनको आविष्कार गरेका थिए)
• डा. डिल्लीरमण रेग्मी अर्न्तराष्ट्रिय शान्ति पुरस्कार, २०७८ बाट सम्मानित को हुनुभयो?
— भारतीय सिक्किम प्रदेशका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ
• छिन्न।लता गीत पुरस्कार, २०७८ कसलाई प्रदान गरियो?
— गीतकार वसन्त चौधरी (संगीत रचनातर्फ— आनन्द राई, गायनतर्फत— पवित्र सुब्बा, युवा प्रतिभा पुरस्कार— गायिका एलिना चौहान
• गौतम बुद्ध नामक कृतिका लेखक को हुन?
— शेलेन्द्रबहादुर थापा
• घोडाघोडी ताल (सिमसार क्षेत्र) कुन जिल्लामा पर्छ?
— कैलाली
• जनसंख्या दिवस कहिले मनाईन्छ?
— जुलाई ११ (२७ औँ जनसंख्या दिवसको नाराः “८ अर्ब मानवको विश्वः सबैका लागि समुत्थापित भविष्यतर्फ— अवसरहरूको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता”
• २१ औँ ग्रान्ड स्लाम विम्बल्डनको पुरूष एकल उपाधि कसले जित्यो?
— नोभाक जोकोभिच (यो उनको सातौँ विम्बल्डन उपाधी हो)
• विम्बल्डन टेनिस (ग्राम स्लाम) को महिलातर्फको उपाधी कसले जित्नुभयो?
— एलेना र्‍याबकिना
• जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या कहिले भयो?
— जुलाई ८ तारिख ( २०७९ असार २४ गते), हत्या गर्ने आशंकित व्यक्ति— तेत्सुया यामागामी
• सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका शम्भु तामाङ्गको निधन कहिले भयो?
— २०७९ असार २३ गते (उनले साढे १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए)
• गण्डकी रत्नबाट विभुषित हुने व्यक्ति को हुन?
— महावीर पुन (उनी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन)


संकलक – सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर