हिमालयन सेफ अवार्ड, २०२२ चुम्न सफल को हुनुभयो ?

–  उमेश भुवाई ( ८४ व्यजनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम)

 ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कविता कृतिका लेखक को हुन ?

–   वासु शशी

प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता स्वर्ण बिजेता खेलाडी को हुन ?

–  निशा दर्नाल (१८-२२ उमेर समुहमा स्वरण जतिकी दर्नाल नेपाल प्रहरीकी खेलाडी हुन)

राष्ट्रिय कविता महोत्सव, २०७९ मा प्रथम हुन सफल कविता कुन हो ?

–  सङ्कल्प, टीका आत्रेय, सुनसरी (आगोमा फेलको देश—यात्रीप्रकाश पाण्डे, द्वितीय, सीता तुम्केवा, किरन सिवा, कमलराज केसी तृतीय— चरिसो फूल, बुबाको सिलाइ मेसिन र सपना उम्रन्छ माटोमा

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर कुर्था रेल सेवा कहिले उद्‍घाटन गरेका थिए ?

–  २ अप्रिल, २०२२

 उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को को हुन ?

–  गौरिका सिंह र प्रिन्स दाहाल (ब्याडमिन्टन)

 उत्कृष्ट संघको अवार्ड,२०२२ कुन संघले प्राप्त गरेको छ ?
–  तेक्वान्दो संघ

मोचन कृतिका लेखक को हुन ?

–  डा. तुलसी आचार्य

४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगतिमा टिम च्याम्पियन कुन क्लब बनेको छ ?

–  आर्मी क्लब ( आर्मीले १८ स्वर्ण र १२ रजत र पाँच कास्य जितेको छ)

४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा उत्कृष्ट खेलाडी को हुनुभयो ?

–  एपीएफका शिवराज पार्की र त्रिभुवन आर्मी क्लबको जयरानी थारू

दि हिमालयन कृतिका लेखक को हुन ?

–  नर प्रधान ‘मित्र’

१९ औँ राष्ट्रिय धान दिवसको नारा के हो ?

–  धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रति.स्थापनमा सहयोग

मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२ उपाधि कसले जित्नु भयो ?

–  सिद्धार्थ तामाङ र जुना श्रेष्ठ

उत्कृष्ट लोकदोहोरी गायिका, २०७९ बाट सम्मानीत हुने कलाकार को हुनुहुन्छ ?

–  निर्मला थापा मगर

इंघल्याण्डका विश्वप्रसिद्ध क्रिकेट खेलाडी इयोन मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट कहिले सन्यास लिनुभयो ?

–  June 28, 2022 (२०७९ असार १४ गते)

चौथो राष्ट्रिय रिङरेस्लिङ प्रतियोगिता च्याम्पियन को बन्नु भएको छ ?

– नुवाकोटे टाइगर

कुनै ग्रहमा जीवन हुर्कनयोग्य वायुमण्डल खोज्ने शक्तिशाली अन्तरिक्ष टेलिस्कोपको नाम के हो ?

–  जेम्स वेब स्पेस टेलिस्कोप, एरिक स्मिथ वैज्ञानिक परियोजना प्रमुख

–  झरना कुन जिल्लामा पर्छ ?

–  लमजुङ्ग

ढाका कपडाको राजधानी घोषणा भएको जिल्ला कुन हो ?

–  तेह्रथुम

मिस इन्डियाको उपाधि कसले जित्नु भएको छ ?
–  सिनी सेट्टी

***
संकलक – सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर