यो संसार रहस्यले भरिएको छ । दुनियाँभर हाम्रो मस्तिष्क हल्लाउने रहस्यमय ठाउँ छन् । त्यसमध्ये हामीलाई केही ज्ञात र धेरै अज्ञात छन् । आज यहाँ त्यस्तै एउटा रहस्यमय ठाउँको बारेमा जानकारी दिदै छु । रसियाको दर्गाव्स गाउँ, जुन रहस्यमय जहाँ मान्छे पुगेपछि कहिले फर्किदैनन् ।

– सेतो पत्थरले बनेको घर

रसियाको दर्गाव्स स्थित यो रहस्यमय गाउँको क्षेत्र पुरै सुनसान छ । त्यहाँं सेतो पत्थरले बनेको धेरै घरहरु छन् ।
यो ठाउँलाई लिएर स्थानीयको अलगअलग मान्यता छ । उनीहरूको मान्यता छ कि यी घरभित्र पसे पछि कहिले फर्केर आउन्नन् । पर्यटक भने यो ठाउँको रहस्री बुझ्न आइरहन्छन् ।

-१४ औं शताब्दीमा निर्माण भएको थियो

स्थानीयले यहाँ आफ्नो परिवारजनको शव गाडेका थिए । यहाँका केही घरहरू चारतलासम्म अग्ला छन् । यस पछाडिको रहस्य भने मृत्यु पछि पनि एक अर्कामा भावनात्मक सम्बन्ध कायम होस् भन्ने मान्यता राख्दछन् । इतिहासविद बताउँछ्न यी घरहरूको निर्माण १४ औं शताब्दीमा भएको थियो ।

– आत्मालाई स्वर्गसम्म पुर्‍याउने कोसिस

RUSSIAN AND EAST EUROPEAN STUDIES मा आवद्ध प्राध्यापकका अनुसार, यहाँ निकै पहिल्यै चिहानको नजिक डुङ्गा पनि भेटिएको थियो । गिजेल्डोन नदिको नजिकका स्थानीयवासिन्दाको मान्यता अनुसार, यी डुङ्गाको प्रयोग मृतकलाई स्वर्गसम्म पुर्‍याउन प्रयोग गरिन्छ । त्यसैले शवलाई डुङ्गामा राखेर गाडिन्थ्यो ।

– अनौठो मान्यता

यो गाउँको हरेक घर अगाडि एउटा पोखरी पनि बनाइएको छ । जब शबलाई गाडिन्छ अनि एउटा सिक्का पोखरीमा अवस्थित शिलामा निसाना लगाएर फालिन्थ्यो । यदि यो सिक्का ठिक निसाना लागेको अवस्थामा आत्मा स्वर्ग पुग्छ भन्ने मान्यता थियो ।

– यहाँ पुग्न सजिलो छैन

यो ठाउँसम्म पुग्ने बाटो निकै कठिन छ । पहाडको बिचको साँघुरो बाटो हुँदै यहाँसम्म पुग्न करिव तीन घण्टा लाग्छ । नदिको छेउमा अवस्थित यो गाउँमा पुग्न शाहसिक यात्रा गर्नेलाई पनि धौँधौँ हुन्छ ।

– नदीको नजिकैको गाउँ

यहाँको मौसम सधै असामान्य हुन्छ । यात्राको लागि ठूलो रुकावट बन्दछ । यहाँसम्म पुग्न सजिलैसँग पर्यटक गाइड पनि पाइदैनन् ।

– घरको आकार

यहाँ करिव १०० घर छन् । यो दुर्गम उपत्यकामा बस्ने मान्छेका अनुसार परिवारजनलाई कपडा र सरसमान सहित गाड्ने प्रचलन थियो । प्राचीन समयको कफनलाई झोपडी जस्तो आकार दिइन्थ्यो ।

– लासको सहर

यो ठाउँमा जोडिएका धेरै मिथक र मान्यता छन् । यो सहरमा city of dead पनि भनिन्छ । यो मान्यता राखिन्छ कि १४ औं शताब्दीमा पनि जमिन यति धेरै महङ्गो थियो कि चिहानघाटको लागि यस्तो दुर्गम ठाउँ रोजियो ।

संकलक – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर