– निर्मल आग्रह

१.
संसारको सबभन्दा सुन्दर केटी
(मिस वर्ल्ड/यूनिवर्स भन्दा पनि धेर )यति बेला गाउँमा
माटोको चुल्हा बनाई रहेकि होली
या त भर्खर घाँसको भारी एक छेउ राखी भित्तामा अढेस लागेर रेडियोबाट आइरहेको कुनै पुरानु गीत
गुनगुनाई रहेकी होली
या त गाईको गोठमा गोबरको थलो उठाई रहेकि होली !

संसारको सबभन्दा सुन्दर केटी यति बेला (साँझ )
बगानबाट कुनै मिठो लोकगीतको भाका सुसेल्दै
गाइ-बाख्रा लिएर घर फिर्दै गरेकी होली !!

र यति बेलै संसारको
सबभन्दा शानदार केटा पनि खेतबारीको डिलमा
बसेर उस्लाई सम्झन्दै एउटा सुन्दर कविता
लेखीरहेको होला !

२.
मैले प्रेम गरें ति केटिसंग
जस्का हातको नङहरु दिनहूँ भाडा-वर्तन माँझेर कालाकाला भएका हुन्थे
र त्यस्लाई काटनलाई पनि उसित
फ़ुर्सत हुन्थेन !

जस्का पैतला सधै फुटेका हुन्थे
र बर्षभरि एउटै चप्पलमा बिताउँथी !
एका विहानै जङ्गल पस्थि
र एक भारी घाँस,दाउरा टन्न बोकेर ल्याउँथी !

मैले यस्तै केटीलाई प्रेम गरें !

मैले यस्ति केटीसँग प्रेम गरें
जस्लाई दार्जिलिङ कुन चरिको नाम हो
गोर्खालेण्ड आन्दोलनको इतिहास के हो ?
किन गोर्खाहरु एतिबिघ्न प्रताडित यो देशमा ? राम्ररी जान्दछे !
यहाँसम्म कि आन्दोलनमा परेकाहरुलाई ती दिनमा
स्याहार-सुसेर गरेकी हुन !

मैले यस्ति केटिसंग प्रेम गरिनँ
जो दिनभर फिल्मी म्याग्जिन ,
मनोहर कहानियाँ,गृहशोभा,सरस सरिल
र टीभी सीरियलहरुमा झुत्ति रहेका हुन्थेन !

मैले यस्ति केटिसंग पनि प्रेम गरिनँ
स्कूल-कलेज जादा सेता तिघ्रा देखाउनलाई
फ्रक माथि लगाएका हुन्थे
वा जीउँमा टिमिक्क परेको टिसर्ट लगाएर
नाईटो देखाई खुल्ला हिड़थे !

मैले यस्ति केटिसंग पनि प्रेम गरिनँ
जो आफ्नु वर्तमान भन्दा पनि भविष्य लिएर चिन्तित रहन्छे ।
जस्लाई पेपरमा ,टीभीमा हरेक दिन राशिफल कोटयाउने आतुरी हुन्छ ।
मैले यस्तो केटी सीत टयाक्क पनि प्रेम
गरिनँ
जस्ले घरभरिका काम बुडी आमालाई छाडि राखेर
आफु भने लुखुर लुखुर गाउँ-घर डुल्न-घुम्न ब्यस्त रहन्छे ।

मैले यस्ति केटिसंग प्रेम गरें
जस्लाई देखेर ससाना समस्याहरु परपर हुन्छ,
सबैलाई आँट दिने !
अन्याय सहन नगर्ने औ आफुमाथि आई लाग्नेलाई छोडदै नछोडने !

छक्का पन्जा नजानेको
एक्का दुक्की तिर्कीको भासै नबुझ्ने,
कालोलाई कालो र सेतोलाई सेतो भन्न पर्दा नहिचकिचाउने !
साफ मन- विचारले
दुख होस या सुख उस्को मुहार सधै घाम जस्तै उज्यालो !
कस्तै परिस्थितिहरुमा पनि तटस्थ !

मैले यस्ति केटिसंग प्रेम गरें !!
उनी मेरी प्राणप्रिये
मेरी भयालेन्टाईन !!

***

प्रतिक्रिया

सम्बन्धित खवर