
-निर्मल आग्रह
२७.
काश!म जान्न सक्थे कि
पहिलोचोटि कुन भाषामा अनुवाद भएको
थियो तिम्रो प्रेम !
म मूलसम्म पुग्नेथे !
भावहरु सठिक रुपमा अभिब्यक्त भएका थिए
कि थिएनन
यो जान्नलाई म
भए नभएका हरेक शब्दकोसहरु
पल्टाउने थिए !
र यो पनि जाँच्ने थिए
कि कतै अनुवादकले भूल गरेन त ??
काश ! मैले जान्न पाए हुन्थ्यो !
●२८
●●
तिम्लाई कसरी बुझाउँ
फूलको गन्ध !
रङले कसरी चिनाउँ म तिम्लाई
फूल ?
कसरी सम्झाउँ म कि
दाहिने बाटो हिड्नेले कहिलै देब्रे
बाटो हिडदैन भनि !
र
कसरी दाहिने-देब्रे दुवैतिरको बाटो हिड्ने
र दौडने वास्तवमा
न हिडीरहेको हुन्छ
न त दौडीरहेको हुन्छ !
उ दुइ बाटोबीच तटस्थ उभ्भेको मात्र हुन्छ !
वास्तवमा त्यहि मानिस मध्यस्थताको निम्ति प्रस्तुत हुन्छ
र समाजमा सबभन्दा सकारात्मक ,
ज्ञानी-गुनि त्यहि मानिसलाई भनिन्छ ।
दुवैतिर नजर राख्ने पनि उहि हुन्छ
र दुवैको दुनियाँको मध्यस्थता पनि उसैले गर्छ ।
एउटा कुरा तिम्लाई भनूँ ?
सब भन्दा खतरा पनि समाजलाई त्यहि मानिसदेखि हुन्छ
तिमी-हामी जस्ता साधारण मानिस सीत होइन !
यसैकारण म भन्छु फूललाई न गन्धले
न त रङले हेर ।
फूललाई फूल जस्तै गरि मनको नजरले हेर ल !!
●२९
सम्भव छ !
कवितामा केहि ब्यक्त हुनु
र त्यो ब्यापक लाग्नु !
-सम्पूर्ण जीवन एक किरण प्रकाशमा
समेटिनु।
आकासले हेर्दा कति आकास देख्दो हो !
धरतीले हेर्दा कति धरती देख्दो हो !
पानीले आफ्नै प्रतिबिम्ब कसरी छुट्टाउदो हो !
दर्पनले आफ्नै अनुहार कसरी खुट्टाउदो हो !
रुखहरुलाई जङ्गल जति देखिन्छ
पातहरुलाई रुख जति देखिन्छ
त्यो भन्दा कता हो कता धेरै
म प्रेममा प्रेम देख्छु !!
एउटा चरिले लामो उडान भर्नु
र
सम्भव छ
समग्र आकास त्यस्मा अटाउनु !!
सम्भव छ प्रेममा
किनकि अपरिमित ,असम्भव नै हो प्रेम !
**
प्रतिक्रिया
-
४