– रिपन गौतम

मैले उसलाई पढाएको नै हैन।न‌ कुनै ज्ञान नै दिएको छ मैले।
तर उ मलाई सर! भन्छ।
खुलेर मसंग गफ गर्छ।
मेरो हाल खबर यसरी सोध्छ उसले कि उसले अरू कसैलाई मेरो खबर सुनाउनु पर्ने हुन्छ।
लाग्छ हामी धेरै अघिदेखि चिनजानमा छौ।

जति बेला पनि म भेट्छु उसलाई बाटोतिर। प्लास्टिकको बोरा काँधमा बोकेर उ जहिल्यै हतारले हिँडी रहेको हुन्छ।
म उसको केशको तारिफ गरिदिन्छु।
उसको लागि नयाँ तर कसैले मिल्काएको पुरानो जुत्तालाई दामी भनी दिन्छु।
मैलाको थुप्रोमा भेट्टाएको, उसले लगाएको फुटेको चस्माले सुहाएको मेरो भनाइमा उसको अनुहारमा आएको त्यो चमकले मलाई तान्छ!!
उसको खुल्ला खुसी हेर्न नै म बोल्छु उसंग।
आज बेलुकीतिर भेट भयो।
एउटा फोन कल सकेर बिरक्तिएर म चिसोमा उभिएको थिएँ।
उसले छेउमा आएर मलाई सल्लाह दिएर गयो-
सर!!
बेसी नसोच्नु!
नत्र यो दुनियाँले पागल भन्छ! मलाई जस्तै।

***

प्रतिक्रिया

सम्बन्धित खवर