
–रिपन गौतम
एउटा जरूरी सूचना मेल गर्नु थियो।प्रतापले बिर्सेछ।च्यामबरमा जीएमको गाली खाएर आयो।
-हैट! यो नाथे कम्पनीको काम! भालुको कन्पट नै भयो।-फतफताएको मैले सुने।
-अलिक कन्सन्ट्रेशन लगाउनुहोस काममा! मलाई नै भन्नु भएको भए भइ हाल्ने हो।एउटा क्लिक गर्नु त थियो।-
मैले भने।
प्रतापले मलाई हेर्यो।केही भनेन।
यो शहरमा क्यौ युवाहरू छन्।जिन्दगी बनाउन आएकाहरु।म छु।प्रताप छ।थुप्रै छन्। वास्तवमा मैले पनि आजसम्म लेखाजोखा नै गर्न सकिन नगरमा जिन्दगी बनीन्दैछ कि बिग्रिन्दैछ!
पानी रोकिने नाम गरेको छैन बाहिर।राती अबेर भए अटो भेटिन्न।टोटोरिक्सा रिजब गर्नु पर्छ।झण्डै एघार बज्यो।ढुक्क छु।भोलि अफ् डे हो मेरो।दार्जीलिङ मोडसम्म पुगे ढुक्क हुन्थ्यो मलाई।तर पानी अझ बडेको छ। चट्याङको कारण बिजुली छैन।आजको मौसमले धेरै रेकर्ड तोड्यो।
प्रतापले नयाँ वाइक किनेको छ।तर मलाई कहिल्यै चडाएन।आधा बाटोसम्म हाम्रो एउटै बाटो हो।तर उसले मलाई कहिले अफर दिएन।आज पनि आश छैन मेरो उमाथि।मदेखि जुनीयर केटा हो प्रताप।एउटा निजी कम्पनीमा एक साथ काम गरेको धेरै भयो।उसको र मेरो काम बिषय माथि मात्र कुरा हुन्छ।अरू म केही जान्दिन उसको बारेमा।केटा राम्रो छ।
उ अविवाहित हो।यति थाहा छ।
मध्य रातसम्म पानी रहेन।
-जौ मसंग!!
म छक्क परे।प्रतापले मलाई भन्यो।म चडे पछितिर।बाइकमा।
आधा घण्टा जस्तो कुदे पछि बाइक एउटा अपार्टमेन्टको पार्किङ स्थलमा रोकियो।
-आज यतै बसौ।भोलि अफ् त छ तपाईको।-उसले मलाई भन्यो।मेरोमा अर्को अपसन थिएन।
उसको आलिशान फ्याटको सजावट देखेर म दङ्ग भए।
खुसी पनि लाग्यो।
उ निशा हो!- एउटा युवतीको परिचय गरायो प्रतापले।
उसले सिधै आएर मसंग हात मिलाइ।
हेलो!!- भनिन्।
आधा मुस्कान थियो उसको मुहारमा।म दङ्ग भए।
बार्दरूम पसेर म फ्रेस भए। टेवलमा खाना तयार भएछ।
भित्र कोठाबाट मन्द आवाजमा कुनै अंग्रेजी गीतको धुन बजिरहेको थियो।यो क्षण मेरो निम्ति साँच्चै सुमधुर थियो।
खाना खायौ हामीले। आधा रात भाडाको कोठा पुगेर लटरपटर खाना बनाएर खाने मलाई आज मिठो खाना जुर्यो। प्रतापलाई हेरेर मुसुक्क हाँसी दिए।उ पनि हाँस्यो।
उनीहरू खासखुस गर्दै थिएँ।
अहिले गीतको धुन पनि बन्द भयो।रूम फ्रेसरको खै कुन गन्ध हो तर बडो मिठो थियो।
-गुड नाइट!-प्रतापले भनेर जादै थियो।मैले रोकेर सोधे-तपाई त मेरिड हुनुहुदो रहेछ त!(?)
-हैन नी!-भन्यो।
-के हो त यो?- मैले सोधें।
-लिभिङ रिलेसनसिप!!- उसले भन्यो।ड्याम दैलो लगायो।
एकक्षण टाउको कनाएको जस्तै गरे मैले।
यता अर्को कोठाको दैलो मैले पनि लगाए।
****
प्रतिक्रिया
-
४
-
१०